Logo
९ पुस २०८१, मंगलबार
(January 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ राजनीतिक दलद्वारा कञ्चनपुरमा अनिश्चितकालीन आमहडताल

कञ्चनपुर : महेन्द्रनगर नगरविकास समितिको जग्गा लिजविरुद्ध कञ्चनपुरमा छ राजनीतिक दलका युवा र विद्यार्थी संगठनले मंगलबारदेखि अनिश्चितकालीन आमहडताल घोषणा गरेका छन् । आम हडतालका कारण भीमदत्त नगरपालिकाको बजार क्षेत्रमा रहेका सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान सार्वजनिक सवारी साधान र शैक्षिक संस्था बिहानैदेखि सञ्चालन हुन सकेका छैनन् ।

आमहडतालमा उत्रिएका विद्यार्थी र युवा संगठनका कार्यकर्ताले भीमदत्त नगरपालिकाको म १ ब ३३८ नम्बर मोटरसाइकल, शुक्लाफाँटा नगरपालिकाको से १ प २५९ नम्बरका मोटरसाइकलमा तोडफोड गरेका छन् । सत्तारुढ दलका विद्यार्थी संगठन सहित पूर्व एमाले–माओवादी केन्द्र निकट युवा संघ, वाईसियल, अनेरास्ववियु, अखिल क्रान्तिकारी, कांग्रेस निकट नेपाल दरुण दल, नेविसंघ, राष्ट्रिय जनमोर्चा, नेकपा बैद्य,विप्लव निकटका युवा र विद्यार्थीले आमहडतालमा एकवद्धता जनाएका छन् ।

आन्दोलनमा सहभागी युवा संघका नेता रामचन्द्र रेग्मीले नगरविकासको जग्गा अवैध रुपमा लिजमा दिनेविरुद्ध कारवाही गर्न र सो जग्गामा बनेका अवैध संरचना हटाउन माग गर्दै आमहडतालमा उत्रिएको बताए। नगर विकास समितिको जग्गा १४३ जनालाई तोक आदेशका भरमा लिजमा दिइएको छ उनले भने, ‘तोक आदेशमा दिईएका जग्गा फिर्ता गरी, अवैध रुपमा बनेका संरचना नभत्काउन्जेलसम्म आन्दोलन जारी रहन्छ ।’

संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले नगरविकास समितिको जमिन लिजमा लिएर बनेका संरचना भत्काउनका लागि संरचनाको लगत लिने कार्य शुरु गरेको छ । प्रचलित कानुन अनुसार अवैध रुपमा बनेका संरचना भत्काइने समेत इकाईका कर्मचारीले बताएका छन् ।

प्रकाशित मिति: Jan 29, 2019

प्रतिक्रिया दिनुहोस्