आफ्नो शर्त पुरा भए मात्र खानले छोरा जुनैदलाई बलिउडमा प्रवेश गर्न दिईने
बलिउडमा ‘नेपोटिजम’ (भाइभतिजावाद) को विषयमा निकै बहस निम्तिएको छ । यसवर्ष थुप्रै स्टार किड्स बलिउडमा डेब्यू गर्दैछन् । यस्तोमा आमिर खानले आफू छोरा जुनैदलाई फिल्ममा लञ्च गर्नका लागि कुनै राम्रो स्टोरी हेरिरहेको बताएका छन् ।
यसका लागि आमिरले जुनैदको अघिल्तिर एउटा शर्त राखिदिएका छन् । छोरा जुनैद आफ्नो क्षमताको दममा फिल्मी उद्योगमा प्रवेश गरोस् भन्ने आमिरको चाहना छ । उनी भन्छन्, ‘यदि छोरा बलिउडमा प्रवेश गर्न चाहन्छन् भने उनले स्क्रिन टेस्ट गराउने मेरो शर्त मान्नुपर्छ ।’
आमिर खानले आफ्ना छोरा २६ वर्ष पुगिसकेको बताएका छन् । उनी छोराबारे भन्छन्, ‘मेरो र जुनेदको रुची र सोच निकै मिल्छ । तर यति हुँदा हुँदै पनि कुनै पनि प्रोजेक्टका लागि साइन गर्नुअघि उनले आफूलाई प्रमाणित गर्नुपर्ने हुन्छ ।’
आमिरले एक सामूहिक अन्तरवार्तामा भने, ‘हामी जुनेदका लागि फिल्म हेरिरहेका छौं । मैले उसको काम देखेको छु र उनको काममा खुसी पनि छु । जब हामीले कुनै राम्रो स्टोरी पाउँछौं।।। म स्क्रिन टेस्टमा पनि विश्वास गर्छु र यो उनले पास गर्नुपर्छ । यदि उनले टेस्टमा राम्रो गर्छन् भने उनी फिल्ममा हुनेछन् र यदि उनले टेस्टमा आफूलाई प्रमाणित गर्न सकेनन् र फेल भए भने उनलाई फिल्ममा लिइने छैन ।’
आमिर खानका अनुसार जुनैदले अभिनयको तालिम लिएका छन् र उनले विभिन्न नाटकका पनि भाग लिएका छन् । आमिर खानले भने, ‘एक नायकको रुपमा उनलाई दुई वर्षको तालिम दिइएको छ । साथै उनले एक वर्ष लस एन्जेलिसमा अमेरिकन एकेडेमी अफ ड्रामेटिक आर्टस् थिएटरमा काम गरेका छन् । र अब थिएटरमा उनको ३ वर्षको अनुभव छ ।’
आमिर खान उनका छोरा पर्दामा कुनै ‘हिरो’ नबनी दमदार भूमिका निभाओस् भन्ने चाहना राख्छन् । आमिर खानले भने, ‘म उसलाई यस्तो मुख्य भूमिकामा देख्न चाहन्छ् जसले पात्रलाई न्याय दिन सकोस्, किनभने म सधैं यो कुरामा विश्वास गर्दै आएको छु । तपाईंले सधैं पात्र निभाउनुपर्छ, हिरो बन्ने प्रयास गर्ने होइन । यी दुईमा निकै फरक हुन्छ ।’
आमिर थप्छन्, ‘जब मेरो कुनै फिल्म रिलिज हुन्छ तब मलाई निकै खुसी लाग्छ । खानले यी कुरा आफ्नो फिल्म ‘रुबरु रोशनी’ को प्रोमोशनको क्रममा भनेका हुन् ।