Logo
४ माघ २०८१, शुक्रबार
(January 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा यस्तो देखियो ७० औं भारतीय गणतन्त्र दिवसको रौनक : ३० एम्बुलेन्स र ६ ओटा बस प्रदान

काठमाडौं : नपालस्थित भारतीय राजदूतावासले काठमाडौंमा ७० औं गणतन्त्र दिवस मनाएको छ। दिवशका अवसरमा नेपालका लागि भारतका राजदूत मंजिव सिंह पुरीले भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्दै भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।

झन्डोत्तोलन समारोहमा १५०० भन्दा बढी भारतीय नागरिक तथा भारतका शुभेच्छुक उपस्थित भएको दूतावासले जनाएको छ।
केन्द्रीय विद्यालय, मोडर्न इन्डियन स्कुल तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौंका विद्यार्थीहरुले देशभक्ति गीतहरु प्रस्तुत गरेपछि नेपाली सेनाले ब्यान्ड बाजा प्रस्तुत गरेको थियो ।

दिवसको अवसरमा राजदूत पुरीले २ वीर नारी, ९ एकल महिला र ३ मृतक सैनिकका निकटतम नातेदारलाई ७ करोड २६ लाख रुपैयाँ र कम्मल वितरण गरेका छन्।

भू.पू. सैनिकलाई सहयोग गर्ने प्रतिबद्धता दोहो¥उँदै दूतावासले भू.पू.–२०१८ पत्रिकाको विमोचन गरेको छ । पत्रिकामा भारत सरकारद्वारा भारतीय सेनामा कार्यरत नेपाली भू.पू. सैनिकका लागि गरिएका कल्याणकाणी पहलबारे चर्चा गरिएको छ ।

दिवसको अवसरमा राजदूतले नेपालका विभिन्न जिल्लाका अस्पताल, गैरनाफामुलक संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स तथा ६ वटा बसको साँचो प्रदान गरेका छन ।

सन् १९९४ यता भारत सरकारले स्वास्थ्य सेवा तथा शैक्षिक सेवामा पहुँच विस्तार गर्न नेपालका विभिन्न संस्थाहरुलाई ७ सय २२ एम्बुलेन्स र १ सय ४२ बस प्रदान गरिसकेको छ । राजदूतावासले नेपालका दुर्गम भेगका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउन भन्दै ५४ वटा शैक्षिक संस्था तथा पुस्तकालयहरुलाई पाठ्यपुस्तक अनुदान स्वरूप प्रदान गर्ने पनि घोषणा गरेको छ।

यस्तै राजदूत पुरीले इंडिया हाउसमा स्वागत समारोहको आयोजना गरेका थिए । नेपालका उपराष्ट्रपति नन्द बहादुर पुनले भारत–नेपाल कुटनीतिक सम्बन्धको ७ दशक पुगेको अवसरमा भारतलाई वधाई दिएका छन्।

नेपालका उपराष्ट्रपति पुन र तथा राजदूतले संयुक्त रुपमा ‘‘भारत र नेपाल–कुटनीतिक सम्बन्धको ७० ’’ नामक पुस्तकको विमोचन गरेका छन्। राजनीतिक दलका नेता तथा विभिन्न क्षेत्रका व्यक्ति गरी एक हजारभन्दा बढिको उपस्थिति रहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति: Jan 26, 2019

प्रतिक्रिया दिनुहोस्