Logo
८ माघ २०८१, मंगलबार
(January 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिपक्षी दलद्वारा बैठक अवरोध जारी राख्ने निर्णय, पुन:मुठभेड हुन सक्ने चेतावनी दोहोर्याउँदै

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलको बैठकले आज पनि संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ । आज विहान बेसको संसदीय दलको बैठकले आजको संसद बैठकमा सशक्त रुपमा प्रस्तुत हुने बैठक चल्लन नदिने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

हिजोको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पनि सत्तापक्षले जसरी पनि पारित गर्ने रणनीतिमा अपनाइए मुठभेड हुन सक्ने चेतावनी दिएको थियो । आज बसेको संसदीय दलको बैठकले पनि सोही कुरा दोहोर्याएको उनको भनाई छ । खाँणले सत्तापक्षले बल प्रयोग गरिएपनि विधेयक पारित हुन नदिने भरपुर प्रयास हुने तर्क गरे ।

उनका अनुसार काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री द्वाय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताल सरकारलाई केन्द्र सरकार मातहत ल्याउनुपर्ने र डा।केसीसँगको सम्झौता अनुसार चिकित्शा शिक्षा विधेयक पारित गर्नुपर्ने छ । यता, सत्तापक्ष दल भने संसदको प्रक्रियामा गइसकेकाले विधेयक अब फिर्ता नहुने र परिमार्जन पनि नगर्ने अडान छ ।

कुनै एउटा व्यक्तिका लागि सार्वभौम संसद्लाई बन्धक बनाउन नहुने समेत नेकपाका सांसदहरुको भन्दै आएका छन् । यस्तै संसद बैठक शान्तिपूर्ण रूपमा सञ्चालनका लागि सभामुखको पहलमा अहिले संसद भवन बानेश्वरमा सर्वदलीय बैठक बसिरहेको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका उपनेता विजय गच्छेदार, प्रमुख सचेतक बालकृष्ण खाँण, सत्ता पक्ष नेकपाका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरूङ, कानूनमन्त्री भानुभक्त ढकाल र उपसभामुखबीच बैठक चलिरहेको छ ।

संसदको तयारी – सम्भावित मुठभेडलाई ध्यानमा राखेर संसद बैठक कक्षको सुरक्षा व्यवस्था कडा पारिएको छ । बैठक कक्षमै सयजना मर्यादापालक खटाइएको छ । हाल एकसय ३१ मर्यादापालक रहेकामा ३० जना थप्ने भएको हो ।

आवश्यक परे अझै ३० जना प्रहरी हेडक्वार्टरबाटै मगाउने तयारी भएको मर्यादापालक उपप्रमुख सानुभाइ खड्काले जानकारी दिए । उनका अनुसार सचिवालयले रोस्ट्रमअघि मर्यादापालकको डबल रो राख्ने भएको छ । जसका लागि १०० भन्दा बढी मर्यादापालक खटिने भएका छन् ।

प्रकाशित मिति: Jan 25, 2019

प्रतिक्रिया दिनुहोस्