Logo
१२ मंसिर २०८१, बुधबार
(January 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आत्मीय सम्बन्ध चुक्दै : छोराको कुटाइबाट बाबुको मृत्यु

दमक : झापाको दमक ६ रातो पूलमा बुधबार बिहान छोराले कुटेर बाबुको हत्या गरेका छन् । घरायसी विवादका क्रममा १८ वर्षीय छोरा विशाल न्यौपानेको कुटाइबाट बाबु ५८ वर्षीय राजन न्यौपानेको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार करीब साढे ११ बजे भएको सो कुटपिटपछि उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएका बाबु राजनको करीब डेढ बजे उपचारकै क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न विशाललाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले जानकारी दिएका छन् । घटनाका बारेमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jan 23, 2019

प्रतिक्रिया दिनुहोस्