Logo
८ माघ २०८१, मंगलबार
(January 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब सरकारमा होइन, आन्दोलनको तयारी गरिरहेका छौं : राजेन्द्र महतो

काठमाडौं : राष्ट्रिय जनता पार्टी पनि सरकारमा सहभागी हुने चर्चा चलिरहेका बेला राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले संविधान संशोधन नगरी सरकार सहभागी हुने कुरा सोच्न पनि नसकिने बताएका छन् ।

बाहिरैबाट सरकारलाई समर्थन गरेको राजपा संधिवान संशोधन नभएसम्म सरकारमा जाने कुरा सोच्नपनि नसकिने बताउदै आएको छ । डिसी नेपाल नामक अनलाइन मिडियाले गरेको कुराकानीमा नेता महताले आफूहरुका नेता कार्यकर्ता जेलमा कोचेर सरकारमा सहभागी हुने कुरा सोच्न पनि नसकिने बताएका हुन् ।

‘रेशम चौधरीलगायतका नेतालाई जेलमा कोचेर सरकारमा सहभागी हुने कुरा संभव छैन,’ महतोले भने, ‘संविधान संशोधनको मुद्दा समाधान नभइ उपेन्द्र यादवजी जस्तो गरी हामी सरकारमा सहाभागी हुन्नौं ।’

आफूहरुको माग पूरा नभएसम्म सरकारको ‘स’ पनि उच्चारण गर्न नहुने उनको भनाइ थियो । उनले आफूहरुले नयाँ आन्दोलनका विषयमा सोचिरहेको जनाए ।

१०/१५ वर्षदेखि भएका सबै आन्दोलन सफल हुन नसकेको उल्लेख गर्दै नेता महतोले मधेसी, आदिवासी जनजातिलगायत सबै असन्तुष्ट पक्षलाई एकै ठाउँमा ल्याएर राष्ट्रिय आन्दोलन गर्ने विषयमा छलफल सुरु भएको दाबी गरे ।

उनले मुलुकको आन्तरिक समस्या लुकाएर कुनै पनि मुलुक सफल नहुने सुनाए। ‘मुलुकको आन्तरिक समस्या समाधान नगरी मुलुक आर्थिक समृद्धितर्फ जान सक्दैन,’ उनले भने, ‘कार्पेटमुनी फोहोर लुकाएर कोठा सफा छ भन्न मिल्दैन ।’

प्रकाशित मिति: Jan 23, 2019

प्रतिक्रिया दिनुहोस्