युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने लामा पक्राउ
काठमाडौं : नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लोप्साङ लामा छन् । लामालाई नयाँदिल्ली प्रहरीले आइतबार पक्राउ गरेको हो ।
दिल्लीको वजिराबाद बस्ने ओखलढुंगाका लामालाई दिल्ली प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो । ८ साउन २०७५ मा उद्दार गरिएका १६ नेपाली युवतीले दिएको बयानका आधारमा लामालाई पहिचान गरेर प्रकाउ गरिएको दिल्ली प्रहरीले जनाएको छ ।
यसअघि लामालाई पक्राउ गर्न सहयोग गर्नेलाई एक लाख भारतीय रुपैयाँ दिने घोषणा दिल्ली प्रहरीले गरेको थियो।