Logo
११ पुस २०८१, बिहीबार
(January 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्वजनिक सवारीमा हुने महिला हिंसा अन्त्य गर्नका लागि प्रहरीद्वारा नयाँ अभियान

काठमाडौं : सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि नेपाल प्रहरीले अभियान संचालन गर्ने भएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकाको हिंसा अन्त्यका लागि अभियान नै संचालन गर्ने घोषणा गरे । उनले त्यसका लागि महिला संजाल र महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुसँग सहकार्य गरेर अघि बढने योजना पनि अघि सारे ।

आइतबार महानगरीय परिसर, टेकूकै हाताभित्र निर्माण गरिएको नागरिक सहायता कक्ष भवनको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले शान्ति सुरक्षालाई सुदृढ बनाउने र समाजको विकासमा पनि योगदान गर्दै लैजाने योजना एकैसाथ अघि बढाउन चाहेको समेत स्पष्ट पारे ।

उनले नागरिकको सहायताबिना नेपाल प्रहरीले अपराध अनुसन्धानलगायतका कुनै पनि दायित्व पूरा गर्न नसक्ने पनि दोहो¥याए । प्रहरी महानिरीक्षक खनालले नेपालमा प्रहरी र नागरिक समाजबीचको सम्बन्ध विकसित देशहरुको भन्दा सुमधुर रहेको पनि बताए ।

सो भवन नेपाल बंगलादेश बैंकको १९ लाख ५० हजार आर्थिक सहायतामा निर्माण गरिएको हो । कार्यतक्रममा आइजीपी खनालले साइबर अपराध मुख्य चुनौती बन्दै गएको र सोही बमोजिम प्रहरीले पनि आफ्नो क्षमता बढाएको बताए । साथै उनले सुरक्षाका विषयमा काठमाडौं‌ संवेदनशील क्षेत्र भएकाले यस क्षेत्रमा खटिने प्रहरी अधिकारीले विशेष ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति: Jan 20, 2019

प्रतिक्रिया दिनुहोस्