प्रथम मधेशी आन्दोलनको १२ बर्ष : हुन सकेन मधेशी सहिदहरुको उचित मुल्यांकन र सम्मान
मधेशी सहिदहरुको उचित मुल्यांकन र सम्मान हुन सकेको छैन
आज प्रथम मधेस आन्दोलन भएको १२ बर्ष पुरा भएको छ । आजै को दिन सिरहाको लाहानमा मधेस आन्दोलनको प्रथम सहिद रमेशको हत्या भएको थियो । त्यो आन्दोलन र त्यस पछि भएको दोश्रो र तेस्रो मधेस आन्दोलन को क्रममा सकडौं मधेसीहरुले सहादत दिए । आजको बलिदानी दिवस को अवसर यी सकडौं ज्ञात अज्ञात सहिद प्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु ।
आज १२ बर्ष को समय पार गर्दा पनि मधेस आन्दोलन र मधेसी सहिदहरुको उचित मुल्यांकन र सम्मान हुन सकेको छैन । अहिले सम्म मधेस आन्दोलनलाई जातिय र क्षेत्रीय आन्दोलनको रूपमा व्यख्या गरिदैछ । तर कुनै पनि राजनीतिक आन्दोलनको मुल्यांकन कुन स्थानमा कसले गरेको हो भन्दा पनि कुन मूल्य र कुन राजनीतिक कार्यसुचीमा आन्दोलन भएको आधारमा हुनु पर्छ ।
मधेस आन्दोलनले पहिचान, सम्मान र प्रतिनिधित्व को सवालमा केन्द्रित रही स्वायत्तता, संधियता र सामावेशीकरण जस्ता लोकतान्त्रिक कार्यसुची प्रस्तुत गरेको थियो । यो सम्पुर्णतामा नेपालमा रहेको प्रक्रियात्मक लोकतन्त्र ( Procedural democracy) लाई कार्यात्मक लोकतन्त्र (functional democracy) मा विस्तार गर्ने जबर्जस्त प्रयास थियो ।
यो लोकतन्त्रको मार्गलाई अझै चौडा गर्ने प्रयत्न थियो । यो आन्दोलन मुलतः लोकतान्त्रिक आन्दोलन नै थियोे र यसमा सहादत दिएकाहरु राष्ट्रिय सहिद हुन। यिनिहरु नेपाल का सम्पुर्ण उत्पीडित जनताको स्वाभिमान, आत्मसम्मान र पहिचान को लागि आफ्नो ज्यान उत्सर्ग गरेका थिए ।
सहिदहरुको सपना अहिलेसम्म पनि पूरा भएको छैन । एकातिर यो क्रमिक प्रतिगम र षड्यन्त्रको शिकार भैरहेको छ भने अर्कोतिर यी मुल्यहरु लाई संरक्षण गर्ने र यसको लागि संघर्ष गर्ने शक्ति को नितान्त अभाव देखिन्छ । तर नेपाली राजनीतिमा मुल बाटोको रूपमा स्थापित भैसकेकोले विभिन्न आरोह-अवरोह हुदै यसको निरन्तर विकास हुने नै छ र लोकतन्त्र को मार्ग चौडा हुदै जाने छ ।
यसको लागि यी मुल्यहरुलाई आत्मसात गर्ने साच्चै को लोकतान्त्रिक संगठन र प्रतिबद्ध नेतृत्व पंक्तिको अति आवस्यकता छ । तर यसमा आम उत्पीडित जनको निरन्तरको सचेतना, संगठन र संघर्ष को खाचो सदैव रहन्छ ।
तर त्यहा स्वाभिमान र अस्तित्वका कुनै ठाउ रहदैन
भनिन्छ स्वक्ष , अस्तित्वयुक्त र शिस्ट जीवन जियून त्यति सरल छैन , हुन त कसैको चाकरी गरेर केहि आर्थिक तथा केहि अन्य लाभ लिन सकिन्छ तर त्यहा स्वाभिमान र अस्तित्वका कुनै ठाउ रहदैन या मानो अर्धगुलाम सरि नै हुन्छ चकरिवाजका जीवन l मधेशमा पनि केहि विद्वानहरु आए , भिन्न ठाउहरुमा मधेशका गित गाउदै , तर केहिदिनमा नै उनि आफ्नो जातीयतामा नै संकुचन भएर बसे आफ्नो पारिवारिक बोलिने भाषामा नै अल्झेर फसे l
मधेशमा अनेक सहिदहरु भए , तर पनि रमेश महतो सहद्सत भएको माघ ५ गते देखि मधेसिहरुका मनबिस्फोट र प्रथम मधेस आन्दोलनको सुरुवात भएका देखि हामी मधेसी बलिदान दिवसका मनाउदै आएको छौ किन ? किनभने हाम्रो अस्तित्वका लडाई सम्पूर्ण मधेश (मेची देखि महाकालीसम्मको मधेशका भागका ) लागि भएका हो , अफ्नो राष्ट्रियता , अस्तित्व र पहिचानका लागि भएको हो । मधेसी सहिदहरुका रगत खाली जमिनमा सोख्न्का लागि भएकाहोइन नि त l
जुन मधेसी पार्टीहरु अफुलाइ मधेस आन्दोलनका चालक हु भनेर दाबी गर्दछ यहा त्यही मधेसका मधेसीपार्टीहरुले नै मधेश शब्द अफ्नो पार्टीको नामबाट फ्याल दिए र अर्को बिसिस्ट नेताले त यहा सम्म भने कि मधेसबाद मैले पढेकै छैन भनेर राष्ट्रीय टीबी चैनाल्मा भन्न थाले जसले मधेशको गाडामा सबार भएर यहा सम्म आए , एता केहि आफुलाई उच जात भएकाहरुले आफ्नो पारिवारीक भाषा नै हुनुपर्छ र प्रदेश न. २ का नाम पनि पारिवारिक हिसाबले नै हुनु पर्छ भन्नेर अभियानै चलाए l
तर जे कारणले आन्दोलन भयो सयो सहादत , हजारौ अंगभंग बिक्लांग भए र कतिका मांग उजरीए , कोइ पुत्र बिहिन र कति पिताराहीत भए , तर त्योसले केहि स्थान पाएन पायो खाली केहि मधेसी नेताहरुका भ्र्याङ्ग रुपमा l मधेश आन्दोलन भए अर्ध्गुलामी मुक्तिका लागि आफ्नो पहिचानका लागि र आफ्नो जमिनकालागि तर यहाँ महेंद्र्बाद सोचले तयार गरेको जालमा फसेर रह्यो सबै केहि भएन यहा कुरो बाहेक , सबै व्यक्तिगत स्वार्थमा लिप्त भएर मस्त भए सहिदका र सहादत टाढाका पर्वत जस्तै देखियो जस्तो कि पर्वत हेर्दा नजिक देखिने तर नजिक हुदैन l