Logo
८ माघ २०८१, मंगलबार
(January 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा प्रधानमन्त्रीको जवाफ : आयोगका सबै प्रतिवेदनलाई सकारात्मक रूपमा कार्यान्वयन गरिने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै आयोगका प्रतिवेदनलाई सकारात्मक रूपमा कार्यान्वयन गरिने बताएका छन् । प्रतिनिधिसभाका सदस्य चन्दा चौधरीले शुक्रबार संसदमा गरेको प्रश्नकोजवाफ दिँदै प्रधानमन्त्रीले मेलमिलाप, सद्भावतर्फ जान तिनको प्रयोग गरिनुपर्ने बताए ।

विभिन्न समयमा विभिन्न आयोग गठन गरेको भन्दै प्रधानमन्त्री ओलीले औपचारिक वा अनौपचारिक रूपमा प्रतिवेदन सार्वजनिक भएको बताए । सार्वजनिक गर्दा त्यतिबेलाको यथार्थ देखाइएपनि त्यस यथार्थ भन्दा मुलुक अहिले अगाडि बढिसकेको बताए ।

हिजोका केही घाउहरू मेटाउनुछ सम्पूर्ण आयोगको सकारात्मक कार्यान्वयनमा जानु आजको आव्शयक हो प्रधानमन्त्रीले भने, हाम्रा सबै कामहरू अब अगाडितिर जाने सकारात्मक बाटो लिने । उपलब्धी हासिल गर्नेतर्फ, राष्ट्रिय एकतामा जानेतर्फ घाउहरूमा मल्हमपत्ति लगाउनेतर्फ अगाडी बढ्छौँ ।

समृद्ध नेपाल र सुखी नेपाली बनाउनतर्फ मुलुक अगाडि बढ्ने भन्दै प्रधानमन्त्रीले आयोगको प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने भन्ने भन्दा पनि त्यसको वास्तविक कार्यान्वयन गर्नेकुरामा ध्यान दिनुपर्ने बताए ।

कहिलेकाँही चित्र, ऐनाभन्दा माथि आवश्यकता अनुसार अगाडी बढ्ने कुरालाई ध्यानमा राखेर त्यसको सकारात्मक कार्यान्वयन गर्नतर्फ लाग्नुपर्छ उनले भने। मुलुक जनआन्दोलन, जनयुद्ध, मधेश, जनजाति लगायतका आन्दोलन गरेर नै त्यही आन्दोलनको निष्कर्षमा मुलुक अहिले यो ठाउँसम्म आइपुगेको बताए ।

प्रकाशित मिति: Jan 18, 2019

प्रतिक्रिया दिनुहोस्