Logo
११ पुस २०८१, बिहीबार
(January 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१६ जना कर्मचारीको दरवन्दी सहित पानी जहाज कार्यालय स्थापना, कोषको अध्यक्षमा ढुङ्गाना नियुक्त

काठमाडौं : पानी जाहाज सञ्चालन गर्न सरकारले ‘नेपाल पानी जहाज कार्यालय’ स्थापना गर्ने भएकोे छ । मन्त्रिपरिषदको बैठकले पानी जहाज कार्यालय स्थापना र सञ्चालन गर्ने निर्णय गरेको हो ।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उक्त कार्यलयको सञ्चालन राजपत्राङ्कित तृतिय श्रेणी (अधिकृत) तहका कर्मचारीको नेतृत्वमा १५ जना कर्मचारी रहने जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषदले आगामी चैत्र १५ र १६ गते काठमाडौमा लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले शिशिर कुमार ढुङ्गानालाई कर्मचारी सञ्चय कोषको अध्यक्षमा नियुक्त गरेको छ । त्यस्तै पाल्पा र दैलेखको ग्यास अन्वेषण गर्ने निर्णय पनि गरेको छ ।

सोही दिनको बैठकले प्रहरी नियामावली २०७५ स्वीकृत गरेको छ । यो नियमावली स्वीकृत भएसँगै प्रहरीलाई बढुवा हुन ४ बर्षे सेवा घट्दै ३ बर्ष कायम भएको छ । सरकारले सुर्खेतको वीरेन्द्रनगरमा शितभण्डार निर्माण गर्न स्थानीय तहलाई ५० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ । सरकारले रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृत दिने निर्णय पनि गरेको बास्कोटाले जानकारी दिए ।

कांग्रेसलाई मनको बाघले कति खान्छ ? 
यसैबीच, सरकारले लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका नेताको नाममा बनेका प्रतिष्ठानलाई खारेज नगर्ने बताएको छ ।

आफ्ना नेताहरुका नाममा बनेका अस्पताल खारेज गर्न लागेको भन्दै कांग्रेसले आपत्ति जनाएपछि सरकारको यस्तो धारणा आएको हो ।सरकार प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेताहरुका नाममा बनेका प्रतिष्ठानहरु खारेज नगर्ने बताए ।

‘मनको बाघले कति खान्छ रु बनमा त बाघ छैन,’ सरकारका निर्णय सार्वजनिक गर्न बिहिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने,‘ हामीलाई राम्ररी थाहा छ, नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिनुहुने नेताहरुको सम्झनामा राखिए प्रतिष्ठानहरु हटाउने भन्ने हुँदैन ।’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँस्थित बेलचौतारामा रहेको गिरिजाप्रसाद श्वासप्रश्वास अस्पताल र बाँकेमा निर्माणाधीन सुशील कोइराला क्यान्सर अस्पताल सरकारले बन्द गर्ने निर्णय गरेको भन्दै पत्रकार सम्मेलन गरेरै आपत्ति जनाएका थिए । आफ्ना दिवंगत दुई नेताका नाममा बनेका अस्पताल बन्द गर्न लागेको भन्दै त्यसपछि कांग्रेसका अन्य नेताहरुले समेत सरकारको आलोचना गरेका थिए ।

भिडियो :

प्रकाशित मिति: Jan 17, 2019

प्रतिक्रिया दिनुहोस्