Logo
७ माघ २०८१, सोमबार
(January 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली र देउवामाथि नेता भट्टराईको आरोप, वाइडबडी विमान खरिद विरुद्ध सहभागी हुन आह्वान

काठमाडौं : वाइडबडी विमान खरिद प्रकरणमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका मुख्य नेताहरु नै संलग्न रहेको नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले आरोप लगाएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका संयोजक भट्टराईले प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सो प्रकरणलाई ढाकछोप गर्ने सहमति भएको दाबीसमेत गरे ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसदीय समितिले सो विमान खरिदमा ठूलो आर्थिक घोटाला भएको विवरण बाहिर ल्याएपछि प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्ष दलका नेता देउवाबीच सो प्रकरणलाई ढाकछोप गर्ने सहमति भएको पनि बताए ।

नयाँ शक्ति पार्टी, नेपालले वाईडबडी विमान खरिदमा भएको भ्रष्टाचारमा संलग्नलाई कार्वाहीको दायरामा ल्याउन सडक र सदन दुवै ठाउँमा संघर्ष गर्ने घोषणा पनि गरेको छ । संयोजक भट्टराईले सो काण्डमा मुछिएकाहरुलाई कार्वाही गर्न आफ्नो पार्टीले सडक र सदन दुवै ठाउँमा संघर्ष गर्ने पनि बताए ।

संयोजक भट्टराईले सो काण्डमा भएको भ्रष्टाचार विरुद्धको आन्दोलनमा सहभागी हुन पनि सबैलाई आह्वान गरेका छन् । वाइडबडी विमान खरिदमा करिव ४ अरव ३५ करोडको भ्रष्टाचार भएको ठहर संघीय संसदको सार्वजनिक लेखा समितिले गरेको थियो ।

प्रकाशित मिति: Jan 16, 2019

प्रतिक्रिया दिनुहोस्