Logo
७ माघ २०८१, सोमबार
(January 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले भूकम्पबाट धनजनको क्षति हुन नदिन कानुनी र प्राविधिक पक्षमा सुधार गर्ने

काठमाडौं : सरकारले भूकम्पबाट धनजनको क्षति हुन नदिन कानुनी र प्राविधिक दुवै पक्षलाई सुधार गर्दै लैजाने भएको छ ।गृहमन्त्री रामबहादु थापा बादलले अब भूकम्पबाट धनजनको क्षति हुन नदिने र जस्का लागि कानुनी र प्राविधिक दुवै पक्षलाई सुधार गर्दै लैजाने बताएका हुन् ।

भूकम्प लगायतका प्राकृतिक विपत्तिबाट धनजनको क्षति हुन नदिन संघ, प्रदेश र स्थानीय सरकार प्रतिवद्ध रहेको गृहमन्त्री थापाको भनाई थियो । विपदबाट सुरक्षित हुने नागरिक अधिकार पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकार’ प्रतिवद्ध रहेको सन्देश दिँदै २१ औं ‘भूकम्प सुरक्षा दिवस’को अवसरमा गृहमन्त्री थापाले उक्त कुरा बताएका हुन्।

थापाले २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएका भवनहरूको पुनर्निर्माणको कामलाई सरकारले तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । विक्रम संवत १९९० सालमा गएको विनाशकारी भूकम्पको स्मृतिमा भूकम्प सुरक्षा दिवस काठमाडौंलगायतका देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउने गरिएको हो।

यसै अवसर पारेर बुधबार बिहान काठमाडौंको भूगोल पार्कस्थित ‘भूकम्प स्मारक’मा एक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले नेपालमा पटक-पटक भूकम्प गई ठूलो धनजनको क्षति भएकाले अव त्यस्ता धनजनको क्षति हुन नदिन सबै नागरिकलाई सचेत गराउन भूकम्प सुरक्षा दिवस मनाउने गरिएको स्मरण गराएका थिए ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पबाट धनजनको क्षति नहुने गरी भवनहरूको निर्माण गर्न सन्देश दिने उद्देश्यका साथ भूकम्प सुरक्षा दिवस मनाइएको बताए ।

उनले भूकम्पबाट पुनः क्षति व्यहोर्नु नपरोस् भनेर महानगरपालिकाले भूकम्प प्रतिरोधि भवन निर्माणका लागि अभियाननै संचालन गरिरहेको पनि बताए । कार्यक्रममा गृहमन्त्री थापाले ‘विपद् सम्पर्क पुस्तिका’ पनि विमोचनसमेत गरेका थिए ।

प्रकाशित मिति: Jan 16, 2019

प्रतिक्रिया दिनुहोस्