पार्टी फुटपछिको पहिलो पत्रकार सम्मेलनमा भावुक भए डा. सूर्यराज आचार्य
काठमाडौं : विवेकशील नेपाली दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका १६ केन्द्रीय सदस्यले पहिलो पत्रकार सम्मेलन गरेका छन् ।
उक्त सम्मेलनमा विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य निकै भावुक भएका थिए । पार्टीका संयोजक मध्येका एक उज्वल थापासहित १६ केन्द्रीय सदस्यले विवेकशील नेपाली दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
यसबारे आफ्नो धारणा सार्वजनिक गर्न विवेकशील साझाले शनिबार पत्रकार सम्मेलन राखेको थियो, जसको सुरु गर्दा आचार्यको गला अवरुद्ध भयो ।