Logo
१० मंसिर २०८१, सोमबार
(January 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीलाई भेट्न जापानका विदेशमन्त्री कानो तारो बालुवाटारमा

काठमाडौं : जापानका विदेशमन्त्री कानो तारोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भेटवार्ता गरेका छन् । भेटवार्ताको क्रममा सबै भन्दा पहिले प्रधानमन्त्री ओलीले कानो तारोलाई ५६ औं जन्मदिन बधाई दिएका छन् ।

बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाल र जापानबिच भएको हवाई सम्झौताका बारेमा प्रधानमन्त्री ओलीसँग छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

त्यस्तै परराष्ट्रविद भट्टराईले प्रधानमन्त्रीसँगको भेटमा जापानले कृषि क्षेत्रमा पनि लगानी गर्न इच्छुक रहेको बताए । त्यस्तै नेपाली श्रमिकहरु लैजानका लागि माघ महिना भित्रै सबै कानुनी प्रक्रिया टुंग्याउने बारेमा पनि छलफल भएको भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: Jan 10, 2019

प्रतिक्रिया दिनुहोस्