Logo
७ माघ २०८१, सोमबार
(January 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुख महराको निर्देशन

काठमाडौं : सभामुख कृष्णबहादुर महराले संसदमा सार्वजनिक महत्वको वक्तव्य दिन सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन गरेका छन् ।आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सार्वजनिक महत्वको वक्तव्य दिएपछि प्रमुख विपक्षी कांग्रेसका सांसदहरुले प्रश्न गर्न चाहेका थिए । तर, प्रश्न गर्न नदिएको भन्दै सांसदहरुले रोष्टममा नाराबाजी गरेका थिए ।

बुधबारको संसद बैठक सुरुमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने बताए । संसद नियमावलीको २१९ अनुसार सार्वजनिक महत्वको वक्तव्य दिएपछि प्रधानमन्त्री र मन्त्रीहरुले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनुपर्ने उनले बताए । खाँडले भने, ‘प्रधानमन्त्री र मन्त्रीजीहरु किन जवाफ दिन चाहनुहुन्न ?’

सांसदहरुको प्रश्न गर्न पाउने अधिकारको संरक्षणको जिम्मेवारी सभामुखको पनि भएको भन्दै उनले आइतबारको घटनामा सभामुखको पनि ध्यानाकर्षण गराए । लगतै सभामुख महराले २१९ अनुसार सार्वजनिक महत्वको वक्तव्य दिँदा सांसदहरुको प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति: Jan 9, 2019

प्रतिक्रिया दिनुहोस्