Logo
२३ पुस २०८१, मंगलबार
(January 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोकिएको पैसा सुमार्गीले झिकिसकेपछि बल्ल सर्वोच्चले भन्यो “रोक्नु”

काठमाडौं : ब्यवसायी अजयराज सुमार्गीको बहुचर्चित रोकिए खाताकाण्डमा नयाँ ट्विष्ट आएज्क छ ।

मुक्तिश्री सिमेन्टका नाममा आएको पैसा फुकुवा गर्न संचालक सुमार्गीले मागेको आदेश दिन मंगलबार भने सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

तर यसअघि सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीको इजलाशले मुक्तिश्रीको नाममा आएको रकम अर्को आदेश नभएसम्मका लागि निवेदकले माग गरेबमोजिम भुक्तानी दिलाउन तथा खाता संचालनमा कुनै पनि अवरोध नगर्न नगराउन भनेको थियो।

सोही इजलाशले मंगलबारका लागि दुवै पक्षलाई बहसका लागि झिकाएको पनि थियो। तर सोबीचमै रकम झिक्न बाटो खेलिदिएपछि सुमार्गीले बैंकबाट रोक्का रहेको सबै ७५ लाख अमेरिकी डलर झिकिसकेका छन्।

मंगलबार दुवै पक्षको बहस सुनेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश डा. आनन्द मोहन भट्टराईको इजलाशले पुरानो निर्णय खारेज गर्दै अन्तरिम आदेश दिन नमिल्ने बताएको हो।

सो इजलाशले अन्तरिम आदेश जारी हुनुपुर्वकै अवस्थामा निर्णय कायम राख्न भनेको हो। मुक्तिश्री सिमेन्टका नाममा आएको ४ करोड ५० लाख अमेरिकी डलरमध्ये राष्ट्र बैंकले रोक्का गरेको ७५ लाख डलर बैंकमा थन्किएको थियो।

प्रकाशित मिति: Jan 8, 2019

प्रतिक्रिया दिनुहोस्