Logo
६ पुस २०८१, शनिबार
(January 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंगलबार देशभरका सरकारी अस्पतालमा चिकित्सकहरूको काम बहिष्कार

काठमाडौं : कर्मचारी समायोजनमा आफूहरूलाई विभेद गरिएको भन्दै मंगलबार पनि सरकारी अस्पतालका चिकित्सकहरूले देशभरका सरकारी अस्पतालहरुमा एक घन्टा काम बहिष्कार गरेर धर्ना दिएका छन् ।

कर्मचारी समायोजमा सरकारी चिकित्सकहरुलाई उपेक्षा गरेको भन्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरुले आइतबार एक घण्टा मन्त्रालय घेराउ गरेका थिए । धर्नापछि स्वास्थ्यमन्त्रीसँग छलफलपछि आफूहरु झन् निराश भएको सरकारी चिकित्सक संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले बताए ।

‘हामीलाई सरकारले उपेक्षा गरेको भएर आन्दोनमा उत्रिएका हौँ आजसम्म हामी एक्लै आन्दोलन गरिरहेका छौँ अब स्वास्थ्यमै अन्य असन्तुष्ट समुहसंग मिलेर सशक्त आन्दोलन गर्ने छौँ’, उनले भने ।

सोमबारदेखि राजधानीका वीर, ट्रमा, कान्ति, प्रसूतिगृहलगायत उपत्यकाका सरकारी अस्पतालमा कार्यरत डाक्टरहरु धर्ना दिइरहेका छन् । चिकित्सकहरुले सुरुमा आन्दोलन घोषणा गरेपछि विभिन्न भेला गरेर समायोजनमा सरिक नहुने, वार्ता समिति बनाएर वार्ता र आन्दोलनलाई सँगै अगाडि बढाउने निर्णय गरेका छन् ।

यस्तै सरकारी चिकित्सकहरुले हाल समर्चारी समायोज फम समेत बहिष्कार गरेका छन् । संघले समायोजनका क्रममा चिकित्सकको सेवा–सुविधा, सुरक्षालगायत विषय स्पष्ट हुनु पर्ने, समायोजन नथाल्न, समायोजन हुँदा स्तरवृद्धि सुनिश्चित गर्न पर्ने, प्रदेशमा समायोजन भएका चिकित्सकलाई निश्चित अवधिपछि केन्द्रमा आउन सक्ने व्यवस्थासहित प्रदेशमा रहँदा वरिष्ठताका आधारमा सचिव हुनु पर्ने लगायतका मागहरु सघंले अघि सारको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यकै सचिव हुनु पर्ने प्रशासनको सचिव ल्याउने निर्णय फिर्ता पर्ने, सरकारी चिकित्सकलाई पनि अन्य मन्त्रालयमा सचिव हुन सक्ने बाटो खोल्न खोल्नु पर्ने, चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठानमा उपकुलपतिलगायत पदमा बहालवाला सरकारी चिकित्सककै नियुक्ति गर्न, स्वास्थ्यसेवामा पनि तहगत व्यवस्था लागू गर्न र स्वास्थ्यअन्तर्गत संगठन संरचना बनाउँदा चिकित्सकका दरबन्दी भएका ठाउँहरू यथावत् राख्ननु पर्ने लगायतका माग सघंले अघि सारेको छ ।

प्रकाशित मिति: Jan 8, 2019

प्रतिक्रिया दिनुहोस्