जिल्लाभरि हिमपात हुँदा किन खुशी भए जुम्ला बासी
सिञ्जा : जुम्ला जिल्लाभरि हिमपात हुँदा जुम्ली जनता खुशी भएका छन् । हिउँ आउँदा बालीनाली र स्याउखेतीमा परिवर्तन हुने भनेर उनीहरु दङ्ग छ ।
हिमपात हुँदा अत्यधिक जाडो बढेको छ । यतिखेर नेपालकै सुन्दर र ठूलो ताल रारा घुम्न आउने पर्यटक हिउँसँगै रमाएका छन् ।
रारा घुम्न आउनुभएका कोहलपुर मदनचोकका सुरेन्द्रबहादुर शाही रारा ताल आउँदा आफुलाई भाग्यमानी ठाने ।
आफ्नो यात्रा यतिखेर रमाइलो भएको बताउँदै उनले भने, “यात्राकै क्रममा हिउँ आउँदा सुनमा सुगन्ध भएको छ ।” हिजो रातिदेखि परेको हिउँ अहिलेसम्म आउने क्रम जारी नै छ ।