Logo
४ माघ २०८१, शुक्रबार
(January 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘नेपाल लगानी सम्मेलन’ चैत्र दोस्रो साता हुने, तयारीमा जुट्न दूतावासहरूलाई निर्देशन

काठमाडौं : आगामी चैत्र दोस्रो साता हुने ‘नेपाल लगानी सम्मेलन’को तयारीमा जुट्न सरकारले नेपाली दुतावासहरुलाई निर्देशन दिएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन’को आवश्यक तयारी गर्न विभिन्न देशमा रहेका नेपाली दुतावासहरुलाई निर्देशन दिइएको जानकारी गराएका हुन् ।

सोमबार संघीय संसद अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले सो सम्मेलनमा बाह्य लगानी भित्रयाउन उल्लेख्य सफलता प्राप्त हुने विश्वास पनि व्यक्त गरे ।सरकारले आगामी चैत्र १५ र १६ गते नेपाल लगानी सम्मेलन आयोजना गर्दैछ । त्यसका लागि विदेशस्थित नेपाली दुतावासहरुलाई आवश्यक तयारी गर्न सरकारले निर्देशन दिएको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले राजदुतहरुको नियुक्ती संविधान सम्मत ढंगले अघि बढाइएको पनि बताए । उनले राजदुत फिर्ता गर्ने काममा सरकारले कहिँकतै राजनीतिक पूर्वाग्रह नराखेको दाबीसमेत गरे । परराष्ट्रमन्त्री ज्ञवालीले राजदुत नियुक्तीमा उमेर हद तोक्ने विषयमा छलफल गर्न सरकार तयार रहेको पनि स्पष्ट पारे । परराष्ट्रमन्त्री ज्ञवालीले राजदुत नियुक्तीलाई समावेशी बनाउन सरकार प्रतिवद्ध रहेको पनि बताए ।

बैठकमा समितिका सदस्यहरुले राजदुत नियुक्ती समावेशी नभएको भन्दै सरकारको आलोचना गरेका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले सबै मुलुकहरुसँग मित्रवत कूटनीतिक सम्बन्ध विकास गर्ने नीति लिएको पनि स्पष्ट पारे । नेपालले हालसम्म १ सय ६३ वटा मुलुकसँग कूटनीतिक सम्बन्ध कायम राखेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले कूटनीतिक सम्बन्धलाई पारदर्शी बनाउन सरकार सचेत रहेको पनि बताए।

प्रकाशित मिति: Jan 7, 2019

प्रतिक्रिया दिनुहोस्