Logo
६ माघ २०८१, आईतबार
(January 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिल्ला प्रहरी र गाउँपालिकाको संयुक्त आयोजनामा देवानगंजमा सार्वजनिक सुनुवाई

विराटनगर : देवानगंज गाउँपालिका र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त आयोजनामा बृहत सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।

सार्वजनिक सेवा प्रवाह जनगुनासो र त्यसको सुनवाई तथा सम्बोधन कार्यक्रममा सेवाप्रदायक निकाय र सेवाग्राहीले पाएको हैरानी वा सेवा सुविधाका विषयमा के कस्ता गुनासो एवम प्रसन्नता छ भन्ने विषयमा जानकारी लिन सो कार्यक्रमको आयोजना गरिएको हो ।

आम सेवाग्राहीको सेवा प्रदायक निकायप्रति के कस्ता गुनासो वा सुझाव आउँछ र के कस्ता परिवर्तन एवम सुधार आवश्यक रहेछ भन्ने कुरा छुट्याउनका लागि यस्तो सार्वजनिक सुनवाई कार्यक्रम उपयोगी हुने भएकोले यो कार्यक्रमको आयोजना गरिएको देवानगंज गाउँपालिकाका प्रशासकीय अधिकृत त्रिलौचन न्यौपानेले कार्यक्रमको औचित्य प्रष्ट्याएका थिए ।

विगत एक वर्षको अवधिमा गरेका काम को वारेमा जानकारी नै नगराइ सुरु भएको कार्यक्रममा चौपाया चौरी, तथा किसानहरुले सहज मल नपाईरहेको लगायतका विषयमा बढी सहभागिहरुवाट प्रश्न केन्द्रीत रहेको थियो ।

बृहत सार्वजनिक सुनवाई कार्यक्रममा देवानगंज गाउँपालिकाका उपाध्यक्ष पुनिता यादव, वडाअध्यक्षहरु सूर्यनारायण पाल, मजलुम अंसारी, अनिल भगत, चन्देश्वर मेहता, अशोक यादव ,देवनारायण मेहता, बद्री यादव विभिन्न राजनीतिक दलका जिल्ला तथा स्थानीय नेता गैर सरकारी निकायका पदाधिकारीहरु र प्रहरी लगायत आम नागरिकको सहभागिता रहेको थियो ।

स्थानिय निकाय सार्वजनिक सुनुवाई कार्यविधिमा उल्लेखित बहिर्गमन अभिमत (Exit poll) जुन सेवाग्राहीबाट संकलन गरिने अभिमत हो । त्यसैगरि नागरिक प्रतिवेदन (Citizen Report card ) संकलन बेगर नै सार्वजनिक सुनुवाई गरिनुले सार्वजनिक सूनवाईको औचित्य माथि नै प्रश्नचिन्ह खडा भएको छ ।

स्थानिय संतोष भगतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मधुनारायण मेहता विरेन्द्र मेहता, बैचु रिसिदेव, हिटलर मेहता विताई रिसिदेव हंसराज मेहता, प्रभु मेहता, रामचरण मेहता, लगायतले समसामयिक विषयमा प्रश्न राखेका थिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेती प्रहरी उपरीक्षक राजन अधिकारी, देवानगंज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहता लगायतले जनस्तरबाट उठाईएको प्रश्नको जवाफ दिएका थिए ।

प्रकाशित मिति: Jan 7, 2019

प्रतिक्रिया दिनुहोस्