Logo
६ माघ २०८१, आईतबार
(January 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विकास कार्यसंगै कोशी गाउँपालीकामा खेलकुदलाई समेत उतिकै प्राथमिकता

भाण्टावारी : प्रदेश नम्बर १ स्थित सुनसरीको कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले सिमावर्ती क्षेत्रमा नेपाल र भारतका बासिन्दाबीच भाइचारा बढाउने माध्यम नै खेलकुद भएको बताएका छन् । भारत बिहारको भिममगरमा संचालित स्वर्गीय योगेश सिंह मेमोरियल क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार युवा शास्त्री क्लब भिमनगरको मैदानमा बोल्दै अन्सारीले सो कुरा बताएका हुन ।

स्थानीय सरकारको प्रमुख समेत भएकाले आफूले विकास कार्य लाई मात्रै नभई खेलकुद लाई समेत प्राथमिकता राखेको अध्यक्ष अन्सारीको भनाइ थियो । नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति समेत रहेका अन्सारीले खेलकुद स्वास्थ्यको पनि लागि अति आवश्यक भएको बताए ।

भिमनगर शास्त्री क्लबको मैदानमा उनलाई भव्य स्वागत तथा सम्मान गरिएको थियो । त्यसपछि उनले सम्बोधन गर्दै नेपाल र भारत बीच रहेको बेटि रोटीको सम्बन्धलाई मजबुत बनाउनुका साथै खेलकुद मार्फत आगामी दिनमा थप आपसी भाइचारा लाई बढाउन खेलकुद प्रतियोगिता हुनु आवश्यक भएको बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ५ का सभापति सदानन्द मण्डल, कोशी गाउँपालीका वार्ड नम्बर ८ का अध्यक्ष विन्देश्वर यादव, ३ नम्बर वार्ड अध्यक्ष सुलेमान मन्सुरी, बिओपी भाण्टावारीका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी, सिमा प्रहरी चौकी भाण्टावारीका प्रहरी नायब निरीक्षक अवधलाल साह सोनार, धर्मेन्द्र विश्वास, वार्ड सदस्य सनिचर यादव, समाजसेवी तारादेवी पौडेल, सर्जुग सरदार, उसमान मिया, ऐजुल मिया, जगदीश कामैत, ताहिर मन्सुरी, बिपिन झा, गोकुल रुद्र, राजेश सिंह, मिथुन देव, कन्हैया गुप्ता, सत्रुघन चौधरी, मुकतार आलम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम भने भिमनगर ग्राम पन्चायतका मुखिया सुधीर सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: Jan 7, 2019

प्रतिक्रिया दिनुहोस्