Logo
७ माघ २०८१, सोमबार
(January 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यो मेरो कार्यकालको कुरा होइन, त्यसैले वाइडबडी अनियमिततामा मेरो संलग्नता : मन्त्री अधिकारी

काठमाडौँ : बहुचर्चित वाइडबडी खरिदमा भएको अनियमिततामा आफ्नो कुनै पनि संलग्नता नरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले दाबी गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबारमा सोमबार बिहान आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले वाइडबडी खरिदमा भएको अनियमितताको निष्पक्ष भएर गर्न समेत आग्रह गरेका छन् ।

उनले वाइडबडी खरिद गर्ने निर्णय आफ्नो कार्यकालमा नभएको र आफूले पूर्ववत निर्णयहरुलाई कार्यान्वयन मात्रै गरेको स्पष्टोक्ति दिएका छन् ।

‘मैले पहिले नै निर्धारण भइसकेको समय तालिका अनुसार रकम भुक्तानी गरेको हुँ,’ उनले भने, ‘मैले समय तालिका परिवर्तन गर्न मिलेन र भुक्तानी नदिएको भए बैना दिएको पैसा डुब्ने र विमान पनि नेपाल नआउने अवस्था थियो।’

प्रकाशित मिति: Jan 7, 2019

प्रतिक्रिया दिनुहोस्