प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्नु हुने भएकाे छ । व्यस्तताका कारण शुक्रबारको सम्बोधन स्थगित गरेका प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्न लाग्नु भएकाे हाे ।
दिउँसो १ बजे बस्ने प्रतिनिधीभसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको उहाँको निजी सचिवलयले जानकारी दिएको छ । प्रधानमन्त्रीले समासमायिक विषयमा प्रतिपक्षि दल र सांसदहरुले उठाएका प्रश्नको सम्बोधन गर्ने बताइएकाे छ ।
आजको बैठकमा जीवनाशक विषादी ब्यवस्थापन विधेयकमाथि बिचार गरियोस भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचि रहेको संसद सचिवालयले जनाएको छ ।