Logo
४ मंसिर २०८१, मंगलबार
(January 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काङ्ग्रेस निकट प्रेस युनियनका नेतालाई फोरमका उपप्रधानमन्त्री यादवले बनाए प्रेस सल्लाहकार

काठमाडौं : संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले नेपाली काङ्ग्रेसको प्रेस युनियनका एक केन्द्रिय नेतालाई आफ्ना प्रेस सल्लाहकार बनाएका छन् ।

काङ्ग्रेस निकट प्रेस युनियनका नेता एवं गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक भक्तबहादुर थापा उप–प्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

फोरम निकट पत्रकारहरुको आफ्नै पत्रकार संगठन संघीय प्रेस फोरम स्थापित रहेका बेला प्रेस युनियनका नेतालाई पार्टी अध्यक्षले नै प्रेस सल्लाहकारमा नियुक्त गरेपछि फोरम निकट पत्रकारहरु रुष्ट बनेका छन् ।

२३ बर्ष देखि पत्रकारिता गरिरहेका थापाले पत्रकारितामा स्नातकोत्तर गरेका छन् । नेपाल प्रेस युनियनका नेता समेत रहेका पत्रकार थापा महामारी, स्वास्थ्य र वातावारण सम्बन्धिका रजिस्ट्रड प्रशिक्षक समेत हुन् ।

प्रकाशित मिति: Jan 6, 2019

प्रतिक्रिया दिनुहोस्