Logo
४ माघ २०८१, शुक्रबार
(January 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ देशका ७७ विदेशी देश निकाला, उनिहरु अब तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने

काठमाडौं : सरकारले वैशाखयता आठ महिनामा ७७ विदेशीलाई देशनिकाला गरेको छ। लागुऔषध कारोबार, आपराधिक क्रियाकलापमा संलग्नदेखि धर्म परिवर्तन गराउँदै हिँड्ने २४ देशका ७७ नागरिक कारबाहीमा परेका हुन्।

गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार भिसाविना नै नेपाल बसेका ३४ विदेशीलाई निकालिएको छ। उनीहरूलाई कम्तीमा एकदेखि तीन वर्षसम्म नेपाल प्रवेश नपाउने गरी निकाला गरिएको छ। त्यस्तै, १३ विदेशी बैंकिङ कसुर गरेको अभियोगमा निकालिएका छन्। उनीहरू कम्तीमा तीन वर्षसम्म नेपाल बस्न पाउनेछैनन्।

जाली भिसा प्रयोग गरेर बस्दै आएका १० जनालाई पाँच वर्षसम्म प्रवेशमा प्रतिबन्ध लगाउँदै निकाला गरिएको छ। यस्तै, लागुऔषध तथा बालयौन दुराचारमा संलग्न पाँच विदेशीलाई १० वर्षसम्म नेपाल छिर्न नपाउने गरी कारबाही गरिएको छ।

धर्म परिवर्तन गराउँदै हिँड्ने तीनजनालाई पाँच वर्षसम्म नेपाल छिर्न प्रतिबन्ध लगाएर निकाला गरिएको छ। यो कसुरमा दुई जापानी र एक अस्ट्रेलियन कारबाहीमा परेका हुन्। खोटा सिक्का अपचलन अभियोगमा तीन विदेशीलाई तीन वर्षका लागि निकाला गरिएको छ भने हुन्डी कारोबारमा संलग्न दुई र सुन तस्करमा संलग्न दुईजनालाई दुईदेखि तीन वर्षसम्म प्रवेश नपाउने गरी पठाइएको छ।

प्रकाशित मिति: Jan 6, 2019

प्रतिक्रिया दिनुहोस्