Logo
२३ भाद्र २०८१, आईतबार
(January 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाइडबडी विमान खरिद काण्डमा मुछिएका मन्त्री अधिकारीलाई तत्काल राजीनामा दिन कांग्रेसको माग

काठमाडौं : वाइडबडी विमान खरिद काण्डमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तत्काल राजीनामा माग गरेका छन् । नेपाली कांग्रेस राष्ट्रिय सभाकी सांसद विन्दादेवी आलेले वाइडबडी विमान खरिद काण्डमा मुछिएका मन्त्री अधिकारीलाई तत्काल राजीनामा दिन माग गरेकी हुन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकका विशेष समय लिएर बोल्दै उनले संघीय संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले समितिमा बुझाएको प्रतिवेदनमा दोषी देखिएका मन्त्री अधिकारीले सो विमान खरिदमा भएको अनियमितता सम्बन्धि छानवीन कार्यलाई सहज बनाउन पनि तत्काल पदबाट राजीनामा दिनुपर्ने तर्क समेत गरिन् ।

उनले ४ अर्ब ३५ करोड सो वाइडबडि विमान खरिद प्रकरणका दोषीलाई कार्वाही गर्नुको साटो छानवीन समिति गठन गरेको भन्दै सरकारको पनि चर्को आलोचना गरिन् । कांग्रेस सांसद आलेले वाईडबडि विमान खरिदमा संसदीय उपसमितिले दोषी ठह¥याएकाहरुलाई तत्काल कार्वाही गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति: Jan 4, 2019

प्रतिक्रिया दिनुहोस्