Logo
७ माघ २०८१, सोमबार
(January 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भौतिक, पर्यटन र ऊर्जा मन्त्रालय खाली गरिदै, राजपालाई सरकारमा ल्याउने कसरत, यादव र झा मन्त्री

काठमाण्डौ : सांसद रेशम चौधरीलाई सपथग्रहणसंगै राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा सामेल गराउने प्रयार केन्द्र सरकारले थालेको छ । प्रधानमन्त्री केपि शर्मा ओलीले राजनीतिक ब्यलेन्सका लागी भन्दै संघीय समाजवादी फोरमसंगै राजपालाई पनि सरकारमा ल्याने पहल थालिएको हो ।

यसबारे नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डसंग समेत परामर्स गरिसकिएको बताइएको छ । प्रचण्डले फोरमलाई बढी नै काखी च्याप्न थालेपछि ओलीले राजपालाई सरकारमा ल्याउने पहल थालेको श्रोतको दावी छ ।

जहाज खरिद प्रकरणमा तानिएका बहालबला पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई हटाउने र ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री श्री बर्षमान पुनको जिम्मेवारी हेरफेर गर्ने लगायतको तयारीमा सरकार जुटेको छ ।

नेकपाका एक जना एमाले लिगेसीका मन्त्री र एक जना माओवादी लिगेसीका मन्त्रीलाई फिर्ता बोलाए उपप्रधानमन्त्री सहित २ मन्त्रालय दिएर राजपालाई पनि सरकारमा ल्याउने योजनामा सरकार रहेको बताइएको छ ।

यद्यपी बर्तमान स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई नै गृहमन्त्रीको जिम्मेवारी दिएर उक्त मन्त्रालय राजपालाई दिने बिकल्प पनि सरकारले सोचिरहेको प्रधानमन्त्री निकट समाचार श्रोतले बताए ।

यद्यपी यसबारे कुनै राजनीतिक दलका नेताले औपचारिक रुपमा भने केहि खोलाएका छैनन । राजपाका नेताहरुले त झन आफुहरु सरकारमा कुनैपनि हालतमा जाने मूडमा नरहेको औपचारिक रुपमा बताइरहेका छन् ।

उनीहरुले संविधान संशोधन नहुन्जेलसम्म अन्य कुनै बिकल्पमा कुरा नहुने बताउने गरेका छन् । तर अनौपचारिक रुपमा सो दलका नेताहरुले भने आफूहरु सरकारमा जान तयार रहेको बताउने गरेका छन् ।

राजपा अध्यक्ष मण्डलका २ शिर्ष नेताहरु राजेन्द्र महतो र महन्थ ठाकुर सरकारमा जान नहुने र महतो खेमाबाट एक जना र ठाकुर खेमाबाट १ जना गरि महेन्द्रराय यादव, वा राजकिसोर यादव र अनिल झालाई सरकारमा पठाउने तयारी राजपाको रहेको बताइएको छ ।

प्रकाशित मिति: Jan 4, 2019

प्रतिक्रिया दिनुहोस्