Logo
७ माघ २०८१, सोमबार
(January 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीलाई गरिने अभिनन्दन कार्यक्रम बहिस्कार, सुरक्षाका लागि खटाईयो एक हजार सुरक्षाकर्मी

विर्तामोड : इलाममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गरिने अभिनन्दन कार्यक्रम बहिस्कार गर्ने भएको छ । शुक्रबार हुन लागेको लगानी सम्मेलन तथा प्रधानमन्त्री ओलीलाई गरिने नागरिक अभिनन्दन कार्यक्रम नेपाली कांग्रेस इलामले बहिष्कार गर्ने जनाएका छन् ।

उक्त कार्यक्रम बहिस्कार गर्न पनि अपिल गरेको छ। बिहीबार १७ बुदे अपिल जारी गर्दै कांग्रेसले ओलीलाई असफल र अधिनायकबादी प्रधानमन्त्रीको संज्ञा दिँदै इलाम नगरपालिकाले गर्न लागेको अभिनन्दन बहिष्कार गर्न अपिल गरेको हो।

कांग्रेसले नेकपा सरकार दुई तिहाइको दम्भ र अधिनाकबादी शासनका कारण असफलतातर्फ उन्मुख भइरहेको आरोप लगाउँदै हत्या, हिँसा, बलात्कार, तस्करी र भ्रष्टाचारलाई मलजल र संस्थागत गरेर जनतामाझ मात्र नभइ आफ्नै पार्टीभित्र समेत आलोचित भइरहेका ओलीलाई इलाम नगरबासीले तिरेको करको दुरुपयोग गर्दै आफना कार्यकर्ता भरणपोषण गर्न तथाकित नागरिक अभिनन्दन गर्ने निर्णयले नगरबासी र सम्पूर्ण इलामबासीको चेतनाको अबमुल्यन र मानमर्दन गरेको उल्लेख गरेको छ।

उक्त कार्यक्रमका विवद उत्पन्न हुन खोजेता पनि सुरक्षा व्यवस्था भने कडा पारिएको छ । साथै चोकचोकमा प्रहरी तैनाथ गरिएको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक माधव श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीको सुरक्षाका लागि एक हजार सुरक्षाकर्मी तैनाव राखिएको छ ।

प्रकाशित मिति: Jan 4, 2019

प्रतिक्रिया दिनुहोस्