Logo
१७ माघ २०८१, बिहीबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद चौधरीको सपथग्रहणको खुश्यालीमा तराई-मधेशमा दिपावली

काठमाण्डौ : कैलाली १ बाट निर्वाचित सांसद रेश्म चौधरीको सपथग्रहणको खुश्यालीमा बिहिबार तराई मधेशमा दिपावली मनाइएको छ । राष्ट्रिय जनता पार्टी राजपा नेपालका सांसद चौधरीलाई सपथग्रहण गराइृनु भनेको जनताको मतलाई कदर गर्नु हो भन्दै तराई मधेशमा दिपावली मनाइएको हो ।

प्रदेश नम्बर २ का प्रायः जिल्लाहरु समेत प्रदेश १ को सुनसरी मोरङ्ग, प्रदेश ५ को नवलपरासी, रुपन्देही, बाके लगायत सुदूरपश्चिम प्रदेशको कैलालीमा बिहिबार दिपावली मनाइएको हो ।

मधेशी र थारु जनताले स्वस्र्फूत रुपमा दिवाली मनाएको राजपा नेता लक्षणलाल कर्णले बताए । हामिले कुनै अह्वान गरेको होइन मधशी थारुले जनताले आफ्नो जीतको महसुस गर्दै दिवाली मनाएका हुन् भने भने यद्यपी सपथग्रहण भएपनि हाम्रा मागहरु अझै पनि पुरा हुन बाँकी नै छ । यद्यपी सरकारको यो कार्यलाई हामि स्वागत गरेका छौं ।

राजपा नेपाल नवलपरासी तथा थारु थरुवान संघर्ष समिति नवलपरासीको संयुक्त आयोजनामा सांसद चौधरीलाई सपथ तथा गोपनियताको सपथ खुवाइएको खुसीयालीमा हर्षित हुँदै जिल्लाको सदरमुकाम परासी बुद्धचोकमा दिप प्रज्वलन गरेका हुन् ।

कैलालीको टिकापुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा भारी मतले विजयी भएका सांसद चौधरी टिकापुर घटनाको मुख्य अभियुक्त रहेको आरोपमा उनी पुर्पक्षका लागि थुनामा परेका थिए ।

सांसद चौधरीको यो मुद्दाले किनारा नपाएकाले उनले अहिलेसम्म सपथ खान पाएका थिएनन् । तर राजपा र प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार बीचको भएको सहमति अनुसार सांसद चौधरीलाई आज सांसदको सपथ खुवाइएको खुसीमा जिल्लामा दिप प्रज्वलन गरिएको राजपाका जिल्ला संयोजक मुकुरजी गिरीले जानकारी दिए ।

कार्यक्रममा राजपा नवलपरासीका संयोजक मुकुरजी गिरी, बरिष्ठ नेता दुर्गा चौधरी, केन्द्रिय उपाध्यक्ष पूर्व सभासद अलाउद्दिन अन्सारी, राजपा अध्यक्ष मण्डलका सदस्य पुरन चौधरी, विजय अग्रहरी र थारु कल्याणकारी समितिका जिल्ला अध्यक्ष मुन्द्रिका चौधरीलगायतले रेशम चौधरीलाई सपथ मात्र होइन, रिहा समेत गर्नुपर्ने सरकारसँग माग राखेका हुन् ।

वक्ताहरुले सांसद चौधरीसहित मधेश आन्दोलनमा लगाइएको विभिन्न मद्दामा जेल परेका भएका सबैलाई कैदमुक्त गर्दै मधेशी दलको माग पुरा गर्न सरकारलाई आग्रह गरेका हुन् ।

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्