Logo
७ माघ २०८१, सोमबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिलो दिनमै सर्वोच्चमा खरो रुपमा उत्रिए प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा कार्यकाल सम्हालेको पहिलो दिनमै सर्वोच्च अदालतमा खरो रुपमा उत्रेका छन् ।प्रधानन्यायाधीश भए लगत्तै राणाले देशभरका अदालतमा सुक्ष्म निगरानी गर्ने संयन्त्र सुरुदेखी दिपकराज जोशीलाई दिएका केही जिम्मेवारी खोेसेका हुन । हिजोदेखि पेसी नतोकिएका न्यायाधीश जोशीले सम्हालदै आएको मेलमिलाप परिषद्को अध्यक्ष खोसेर अर्का न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई दिएका छन् ।

उच्च अदालत जनकपुरमा बेथिति भएको भन्दै उनले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिकुमार पोखरेललाई पठाएको छन् ।
परिषद्ले न्यायाधीशहरू माथि पर्ने उजुरीहरूको छानबिनका लागि प्रधानन्यायाधीशको संयन्त्र सक्रिय बनाउने निर्णयसमेत गरेका छन् । यस्तै उनको नेतृत्वमा बसेको बैठकले सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक विवादमा मुद्दा हेर्न इजलासमा नयाँ न्यायाधीश तोकिएका छन् ।

आज बसेको न्याय परिषद्को बैठकले पाँच जना रहने इजलासमा प्रधानन्यायाधीश राणासहित दीपकुमार कार्की,केदारप्रसाद चालिसे,मीरा खड्का र हरिकृष्ण कार्की रहने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्