Logo
७ माघ २०८१, सोमबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनियमितता भएको ठहरपछि दोषीलाई तत्काल पद मुक्त गर्न विवेकशील साझा पार्टीको माग

काठमाडौं : विवेकशील साझा पार्टीले नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदमा अनियमितता भएको ठहर गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

बिहीबार विज्ञप्त जारी गर्दै पार्टीले संसदीय छानबिन उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको र उक्त दोषी ल्‍याएकाहरुकलाई तत्काल कार्यभारबाट मुक्त गर्न माग गरेका छन् ।

यस्तै पार्टीले निष्पक्ष कानुनी र न्यायिक प्रक्रिया पारदर्शिरुपमा यथाशिघ्र अघि बढाउन नेपाल सरकारसंग विवेकशील साझा पार्टी जोडदार माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘ सार्वजनिक खरिद प्रक्रियामा बारम्बार यो तहको भ्रष्टाचार हुनुले हाम्रो राज्य प्रणाली भ्रष्टाचारको चरम विकृतीले थलिएको स्पष्ट रुपमा देखिन्छ । अझ भ्रष्टाचारलाई वैधता दिने गरी नीति र कानुनको तहमा जानिबुझि छिद्र राखेर गरिने कैयौं नीतिगत भ्रष्टाचारका विषय त सार्वजनिक समेत हुँदैनन् ।’

राजनीतिलाई राज्य दोहनको माध्यम बनाउने पारम्पारिक राजनीतिक अभ्यास नै यो समस्याको मुल कारण हो । यो विकृतिलाई जरैदेखि उखेल्न आमजनता, नागरिक समाज, राजनीतिक दल लगायत समग्र समाजले आ(आफ्नो ठाउँबाट गम्भिर र सार्थक पहल गर्न समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्