Logo
४ मंसिर २०८१, मंगलबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चौधरीको शपथ ग्रहणले जनताको अभिमत र लोकतन्त्रको सम्मान

काठमाडौं : टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीले सिंहदरबारस्थित संघीय संसदमा शपथ ग्रहणलगत्तै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले चौधरीको शपथ ग्रहणले जनताको अभिमत र लोकतन्त्रको सम्मान भएको बताएका छन् ।

उनले पत्रकारहरूसँग सम्क्षिप्त कुराकानी गर्दै सरकारले कदमलाई सकारात्मक रूपमा लिएको बताए । उनले भने, रेशम शपथ ग्रहणपछि जनताको अभिमत र लोकतन्त्रको सम्मान भएको छ । सरकारले यो काम धेरै पहिले गर्नु पर्थ्यो ढिलै भए पनि सकारात्मक रूपमा लिएका छौँ।

उनले चौधरी संसदको लोगोक हकदार रहेको पनि बताए। उनले भने, रेशम चौधरी संसदको लोगोको हकदार थियो त्यो काम पूरा भएको छ । अब न्यायालयले पनि न्याय दिनु पर्छ ।

अदालतलाई सम्मान गर्ने लोकतान्त्रिक पार्टी भएकाले त्यसैअनुसार अगाडि बढ्छौँ । उनले अब संविधान संशोधन र लक्ष्मण थारूलगायतका बन्दीहरूलाई रिहा गर्नुपर्ने बताए ।

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्