Logo
३० कार्तिक २०८१, शुक्रबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नै सुविधासम्पन्न भवनमा वडा कार्यालय

मेलम्ची : स्थानीयतह निर्वाचनको २१ महीनापछि बलेफी गाउँपालिका-४ वडा कार्यालय आफ्नै सुविधासम्पन्न भवनमा सरेको छ । वडा कार्यालयको भवननिर्माण सम्पन्न भएपछि पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद अग्निप्रसाद सापकोटाले बुधबार नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन गरे ।

वडा कार्यालयको भवन उद्घाटन भएसँगै बलेफी गाउँपालिका-४ नम्बर वडा जिल्लाकै पहिलो वडा बनेको छ । स्थानीयतह निर्वाचन भएसँगै गाउँगाउँमा सिंहदरबारका अधिकार आएको भन्दै सांसद सापकोटाले जनतालाई सहज र सरलरुपमा सेवा दिनका लागि जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

गाउँपालिकाले भवन निर्माणका लागि रु ४२ लाख रकम विनियोजन गरेपछि वडाको केन्द्र अदमारामा कार्यालयको भवन निर्माण गरिएको वडाध्यक्ष कालीप्रसाद तामाङले बताए ।

६ आना जग्गामा ७ कोठे सुविधासम्पन्न भवन निर्माण भएपछि सामान्य कामका लागि स्थानीय जनतालाई बलेफी बजार झर्नुपर्ने बाध्यता हटेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले बताए ।

वडा कार्यालयको भवन नहुँदा ५ नम्बर वडास्थित बलेफी बजारमै अस्थायीरुपमा ४ नम्बर वडाको कार्यालय सञ्चालन हुँदै आएको थियो ।

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्