Logo
७ माघ २०८१, सोमबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेशम चौधरीको शपथग्रहणसंगै राजपा पनि सरकारमा जाँदै, स्वास्थ्यमा महतो, गृहमा यादव !

काठमाडौँ : राष्ट्रिय जनता पार्टी नेपालको निरन्तरको दबाबलाई अन्ततः स्वीकार गरी निर्वाचनको १४ महिनापछि टीकापुर हत्याकाण्डका प्रमुख अभियुक्त रेशम चौधरीलाई सांसदको शपथ गराउन सत्तासिन दल तयार भएपछि योसंगै अर्को सत्ता समिकिरण पनि बनेको समाचार सार्वजनिक भएको छ ।

चौधरीको सपथग्रहणसंगै राजपापनि सरकारमा जान लागेको समाचार श्रोतको छ । श्रोतका अनुसार नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमती समेत भइसकेको छ । केहि दिनपछि मन्त्रीपरिषदमा मधेसी समूहले थप जिम्मेवारी पाउने संकेत देखिएका हुन् ।

समाचार श्रोतका अनुसार उपप्रधानमन्त्री सहित २ मन्त्री पद लिएर राजपा पनि सरकारमा जना तयार भएको हो । राजपाले पाउने मन्त्रालयबारे आधिकारिक कुनै टुङ्गो नलागेता पनि उपप्रधान तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राजेन्द्र महतोले पाउन लागिएको श्रोतको दावी रहेको छ ।

रेशम चौधरीलाई बिहीबार सांसदको शपथ दिलाएपछि राजपाले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थनलाई यथावत राख्ने र पछि मन्त्रीपरिषदमा प्रवेश गर्ने तयारीमा राजपा रहेको बताइएको छ । यद्यपी राजपाका कुनै नेताहरुले यो कुरालाई औपचारिक रुपमा स्वीकार गरेका छैनन् ।

तर रेशम चौधरीलाई शपथ गराएपछि मन्त्री परिषदमा केही परिवर्तन गर्ने र हाल स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका फोरम अध्यक्ष तथा उपप्रधानमन्त्री यादवलाई गृह मन्त्रालय दिइने र स्वास्थ्य सहित अर्को एक मन्त्रालयको जिम्मेवारी दिई राजपालाई पनि सरकारमा ल्याउने योजना प्रधानमन्त्री ओलीको रहेको श्रोतको दावी छ ।

रेशम चोधरी झण्डै तीन वर्षअघि टीकापुरमा तत्कालीन एसएसपी लक्ष्मण नेउपाने लगायत ७ प्रहरी तथा एक नाबालकको हत्या हुनेगरी भएको सामुहिक दङ्गाका मुख्य अभियुक्त हुन् । तर उनी सोही घटना भएको क्षेत्रबाट भारी बहुमतका साथ विजयी भएका थिए । तर फौजदारी मुद्दामा मुछिएका कारण उनलाई संसद गठनको १४ महिनासम्म शपथ गराइएको थिएन ।

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्