Logo
११ पुस २०८१, बिहीबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद्‍मा सम्बोधन स्थगित

काठमाडौं : कार्यव्यस्तताका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको प्रतिनिधिसभालाई आज गर्ने भनिएको सम्बोधन पछाडि सारेको छन् ।

प्रधानमन्त्री ओलीले आज दिउँसो एक बजे प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने कार्यतालिका थियो । तर, प्रधानमन्त्रीको व्यस्तताका कारण आजका गर्ने भनिएको सम्बोधन सरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

प्रधानमन्त्रीले समसामयिक राजनीति र सरकारका पछिल्ला कार्यप्रगतिबारे संसदलाई जानकारी गराउने कार्यसूची थियो । अब प्रधानमन्त्रीले आइतबार प्रतिनिधिसभालाई सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्रीले संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध उठाएका सवालको पनि जवाफ दिने कार्यक्रम थियो ।

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्