Logo
११ पुस २०८१, बिहीबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद रेशम चौधरीको शपथग्रहण कार्यक्रम केहि समयका लागि सर्‍यो

काठमाडौँ : कैलालीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि निर्वाचित भएका रेशम चौधरीले बिहीबार शपथ लिँदै छन् । उनलाई सभामुख कृष्णबहादुर महराले शपथ गराउने तयारी छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा दिउँसो तीन बजेका लागि शपथ ग्रहणको समय तोकिएको छ । बिहान साढे ११ बजेका लागि तय भएको कार्यक्रम दिउँसोका लागि सािएको हो । चौधरी राष्ट्रिय जनता पार्टीको तर्फबाट निर्वाचित भएका थिए ।

उनीमाथि टीकापुर घटनाको मुख्य योजनाकार रहेको आरोप छ र उनी फरार भएका कारण शपथ हुन सकेको थिएन । उनलाई गएको फागुनमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

उनले गएको वर्षको मंसिरमा भएको चुनावमा भूमिगत अवस्थामै कैलाली १ बाट ३४ हजार ३४१ मतसहित विजयी भएका थिए । उनीमाथि कैलालीको टीकापुरमा २०७२ सालको भदौ ७ गते सात प्रहरीसहित एक नाबालकको ज्यान जानेगरी भएको हत्याकाण्डको मुख्य योजनाकार रहेको आरोप छ ।

राजपाद्धारा स्वागत

यसैबीच राष्ट्रिय जनता पार्टी नेपालले सरकारको यो निर्णयलाई स्वागत गरेको छ । महासचिव केशव झाले रेशम चौधरीलाई शपथ ग्रहण गराउने सरकारको निर्णयलाई स्वागत गर्दै सकारात्मक कदम भएको बताए ।

संचारकर्मीसंग कुराकानी गर्दै महासचिव झाले राजपा नेपाल सरकार सँग गरेको सहमती अनुसार पहिलो माग सम्बोधन भएको बताउँदै खुशी व्यक्त गर्नुभयो । उनले भने, म सरकारको यो कदमको स्वागत गर्दछु ।

सरकारको यो कदमले राजपा र सरकारबीच सम्बन्ध सुमधुर रहने र अन्य माग सम्बोधन हुनेअपेक्षा रहेको बताए ।

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्