Logo
११ पुस २०८१, बिहीबार
(January 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनीको मूल्य बढाउने र उपभोक्तालाई मारमा पार्ने उद्योगीहरुप्रति मन्त्री यादव असन्तुष्टि

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले चिनी उद्योग संचालनका लागि उद्योगीहरुलाई आग्रह गरेका छन् । मन्त्री यादवले चिनी उद्योग संचालनका लागि चिनी व्यवसायीहरुसँग आवश्यक छलफल गर्न सरकार तयार रहेको पनि स्पष्ट पारे ।

बुधबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले चिनीको मूल्य बढाउने उद्योगीहरुप्रति असन्तुष्टि पनि व्यक्त गरे ।

चिनी उद्योगीहरुले घाटामा जानु परेको भन्दै पूर्वका चिनी उद्योगहरु बन्द गराएका छन्। चिनीको मूल्य जथाभावी बढाउने अनि त्यसो नगर्न भन्दा चिनी उद्योगीहरुले चिनी उद्योग बन्द गराएको मन्त्री यादवको आरोप छ । मन्त्री यादवले चिनी र उखुको मूल्य २ दिन भित्र तोक्ने तयारी भईरहेको पनि समितिलाई जानकारी गराए ।

प्रकाशित मिति: Jan 2, 2019

प्रतिक्रिया दिनुहोस्