Logo
६ पुस २०८१, शनिबार
(January 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदीय समितिलाई जबराको पहिलो सम्मान, जोशीलाई इजलास नतोक्दै अघि बढाए आफ्नो काम

काठमाडौं : नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्चका बरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई पेशी नदिने निर्णय गरेका छन् । बुधबार कार्यभार सम्हाल्दै जबराले जोशीलाई इजलास नतोक्ने जनाउ दिएका हुन् ।

आज पहिलो दिन कार्यभार सम्हाल्दै जबराले आफूले संसदीय सुनुवाइ समितिको सम्मान गर्दै जोशीलाई इजलास नतोक्ने बताएका हुन् । बुधबार पनि जोशीको इजलास छैन ।

संसदीय सुनुवाइ समितिमा ‘यहाँबाट अस्वीकृत’ भएका व्यक्तिले सर्वोच्चमा काम गरिरहेका छन् भनेर कुरा उठेको थियो। त्यो बेला जबराले आफूले समितिको सम्मान गर्ने बताएका थिए ।

जबरा सर्वोच्च पुगेसँगै जोशीलाई इजलास नतोकेर आफ्नो काम अघि बढाएका छन् । उनले आफूलाई बधाई दिन आएका जोशीलाई सकेसम्म राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए । संसदीय सुनुवाइ समिति र संविधानलाई सम्मान गरेर अदालतलाई अघि बढाउनुपर्ने सुझाव उनले दिएका छन् ।

जबराले आफूले संसदीय सुनुवाइ समितिको सम्मान गर्दै आफ्ना साथी जोशीलाई पेशी नतोकेको बताए । उनले आगामी दिनमा पनि जोशीलाई पेशी नतोक्ने जनाउसमेत दिएका छन् । उनले आगामी दिनमा जोशीलाई पेशी नतोक्ने पनि जानकारी गराएका छन् ।

प्रकाशित मिति: Jan 2, 2019

प्रतिक्रिया दिनुहोस्