Logo
६ पुस २०८१, शनिबार
(January 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रस्तावित राजदूतहरूविरुद्ध उजुरी आह्वान, उजुरीका लागि समय मात्र १० दिन

काठमाडौं : स्संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूविरुद्ध उजुरी आह्वान गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित राजदुतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको समिति सदस्य पुष्पा भुषालले जानकारी दिइन् ।

उजुरीका लागि १० दिनको समय तोकिएको छ । सरकारले गणेशप्रसाद ढकाललाई थाइल्यान्डका लागि आवासीय र क्याम्बोडिया, लाओस, भियतनाम र सिंगापुरका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ ।

राष्ट्र संघको जेनेभास्थित नेपालको स्थायी नियोगमा मणिप्रसाद भट्टराईलाई राजदूतको रुपमा सिफारिस गरिएको छ ।

भृगु ढुंगानालाई क्यानाडाका लागि आवासीय र क्युबा तथा जमैकाका लागि गैरआवासीय नेपाली राजदूत, दीपक अधिकारीलाई फ्रान्सका लागि आवासीय र एन्डोरा, मोनाको र पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिस गरिएको छ ।

प्रकाशित मिति: Jan 2, 2019

प्रतिक्रिया दिनुहोस्