Logo
५ माघ २०८१, शनिबार
(January 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा छाड्दै स्थानीय तहका जनप्रतिनिधिहरु, अनियमिततामा मुछिएका मेयर सिंह नेकपा प्रवेश गर्दै

काठमाण्डौ : राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित रहेका स्थानीय तहका प्रतिनिधिहरु पार्टीबाट संरक्षण नपाएपछि धमाधम पार्टी छाड्न थालेका छन् । प्रदेश २ स्थित सर्लाहीको बलरा नगरपालिका प्रमुख अभयकुमार सिंह नेकपामा प्रवेश गर्ने तयारीमा जुटेको समाचार प्राप्त भएको छ ।

समाचार श्रोतका अनुसार पुर्व सांसद शिवमुजन यादव र सांसदन रामेश्वरराय यादवको संरक्षणमा सिंह नेकपा प्रवेश गर्न लागेका हुन् । यसका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग समेत छलफल गरिसकेका छन् भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपिशर्मा ओलीसंग वर्ता गर्ने तयारीमा रहेका छन् ।

यसअघि राजपाबाटै निवाचित रहेका उपमेयर सहित ३ जना वाडाअध्यक्षहरु क्रमस योगेश्वर प्रसाद सिंह, रवि साह, अवधेश मंडल लगायत ३ जना कार्यपालिका सदस्य समेत अनौपचारिक रुपमा कांग्रेसमा प्रवेस गरिसकेका छन् । उनीहरु नेपाली काँग्रेसका सांसद अमरेसकुमार सिंहको संरक्षणमा कांग्रेस प्रवेस गरेका हुन् ।

दल परिवर्तनको कानूनमा अअस्पष्टता देखिएका कारण उनीहरु औपचारिक रुपमा पार्टी प्रवेश गरिनसकेको बताइएको छ । तर उनीहरुले आफूलाई राजपाको नभई कांग्रेस सांसद सिंहकै राजनीतिक परामर्समा सबै किसिमका गतिबिधिहरु गर्ने गरेका छन् ।  उक्त नगरपालिका रहेको क्षेत्र सांसद सिंह जितेको क्षेत्र हो ।

कांग्रेस खेमामा गएकाहरुले मेयरविरुद्ध अभियान थालेपछि मेयर सिंह भने नेकपामा प्रवेस गर्न लागेको बताइएको छ । मेयर सिंहले गरेको अनियमितताबारे उनीहरुले अख्तियारदेखि संघीय मामिला मन्त्री, सचिव तथा मुख्य सचिवसम्मलाई लिखित रुपमै उजुरी दिएपछि संरक्षणका लागि मेयर सिंह नेकपामा प्रवेस गर्न लागेको श्रोतको दावी रहेको छ ।

राजपाबाट निर्वाचित रहेपनि पार्टीले खासै संरक्षण नगरेपछि मेयर सिंहले माओवादी खेमाबाट नेकपा प्रवेस गर्न लागिएको बताइएको छ । यसबारे नागरिक टाइम्सले प्रतिकृया लिन खोजेपनि उनले खुलेर कुरा भने गर्न चाहेनन् ।

मेयर सिंहले भ्रष्टचार र अनियमिततामा निकै गनाहेपछि उनलाई राजपाले पनि संरक्षण दिन छोडेको अर्को श्रोतको दावी छ । भ्रष्टचार र अनियमितता आदि विवादका कारण उक्त नगरपालिकामा लामो समयदेखि तालाबन्दी हुँदै आएको छ । यसअघी बिभिन्न सम्झौता गरेर केहि दिन नगरपालिका संचालन भएता पनि अहिले भने लामो समयदेखि उक्त नगरपालिको सबै कामकार्य ठप्प रहेको छ ।

 

प्रकाशित मिति: Jan 1, 2019

प्रतिक्रिया दिनुहोस्