Logo
१२ मंसिर २०८१, बुधबार
(January 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजी क्षेत्रका कर्मचारीको बोनस खोस्दै सरकार, कम्पनीहरुद्वारा चर्को विरोध

काठमाडौं : निजी क्षेत्रका कर्मचारीको बोनस खोस्ने तयारीमा सरकार उत्रेको छ । २० लाख कर्मचारीको बोनस खोस्नेगरी सरकारले संसदमा विद्येयक ल्याउने तयारी गरेको हो । यस कर्मचारीको सुविधा खोसिनेछ ।

यसको उक्त क्रियाकलापप्रति निजी क्षेत्र असन्तुष्ट छ । कर्मचारीको सुविधा खोसिएमा उत्पादकत्वमै असर पर्ने निष्कर्ष निकाल्दै नेपाल उद्योग वाणिज्य महासंघले बहुराष्ट्रिय कम्पनीका प्रतिनिधीलाई छलफलमा बोलाएर सरकारमाथि विधेयक अधि बढाउन नदिन तिव्र दबाब दिने निर्णय गरेको छ । बोनश विधेयकमा देखिएको केही विवादका बारेमा छलफल गर्न बहुराष्ट्रिय कम्पनीका प्रतिनिधी बोलाएको महासंघ स्रोतले बतायो ।

विधेयकमा बैंक तथा वित्तिय संस्था, बहुराष्ट्रिय कम्पनी, कर्पोरेट कम्पनीमा कार्यरत कर्मचारीले पाउँदै आएको कल्याणकारी कोषमा जम्मा हुने रकम पनि सामाजिक सुरक्षा कोषमा राख्नुपर्ने बुँदा राखिएको छ । यो बुँदाजस्ताको तस्तै पारित भए कर्मचारीहरुले आफ्नो कार्यालयबाट पाउँदै आएको उपचार खर्च, ऋण तथा आवास सुविधा, काजकिरिया खर्चलगायतका केही पनि सुविधा पाउनेछैनन ।

प्रकाशित मिति: Jan 1, 2019

प्रतिक्रिया दिनुहोस्