Logo
६ पुस २०८१, शनिबार
(January 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीशका लागि स्वीकृत भए जबरा, राष्ट्रपति भण्डारीद्धारा नाम अनुमोदन गरिने

काठमाडौँ : नयाँ प्रधानन्यायाधीशका लागि संदीय सुनुवाई विशेष समितिले चोलेन्द्र शम्शेर जबराको नाम स्वीकृत गरेको छ । जबरामाथि परेका उजुरीका बारेमा सुनुवाई गरेपछि समितिले मंगलबार उनको नाम प्रधानन्यायाधीशका लागि स्वीकृत गरेको हो ।

जबरालाई गएको मंसिर २७ गते संवैधानिक परिषदले संसदीय सुनुवाईका लागि सिफारिस गरेको थियो । अब उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उनको नाम अनुमोदन गर्ने कार्यक्रम छ । सुनुवाईको क्रममा जबराले आफूविरुद्ध परेका उजुरी र प्रश्नबारे सुनुवाई समितिको बैठकमा जवाफ दिए ।

उनीविरुद्ध न्यायाधीशका लागि पनि योग्य नरहेको आरोपसहितका गम्भीर उजुरी परेका थिए । मंगलबार बसेको बैठकमा राणाले आफूविरुद्ध परेका उजुरी र सोधिएका प्रश्नहरुको जवाफ दिएका हुन् । समितिमा उनलाई कान्तिपुर पत्रिकाविरुद्ध परेको अवहेलना मुद्दा बहिस्कार गरेको आरोप थियो ।

उक्त विषयमा जवाफ दिँदै राणाले आफूले इजलास बहिस्कार गरेको नभई न्यायालयको गरिमा जोगाउन छोडेर हिँडेको जवाफ दिए । उनले गोपाल पराजुलीले साउन २३ गते नै अवकास पाइसकेकोले उक्त मुद्दामा थप सुनुवाई गर्न आवश्यक नदेखेकोले आफूले उक्त निर्णय गरेको बताए ।

उनले इजलास छोडेको विषयलाई सञ्चार माध्यमहरुले बहिस्कार भनेर अनावश्यक प्रचार गरेको बताए । गोपाल पराजुलीले चारवटा जन्ममिति रहेका नक्कली कागजातहरु पेश गरेको समाचार प्रकाशन भएपछि कान्तिपुरविरुद्ध अवहेलना मुद्दा परेको थियो ।

यस्तै राणाले वीरगञ्जमा थपकैया पोखरी व्यक्तिका नाममा रहने भनि गरेको फैसलाबारे पनि प्रश्न उठेको थियो । त्यसको जवाफ दिँदै राणाले आवश्यक प्रमाणका आधारमा आफूले उक्त फैसला गरेको बताए । अब सुनुवाई समितिले राणाको नाम अनुमोदन गरेमा उनी प्रधान न्यायाधीश बन्ने पक्का भएका छन् ।

प्रकाशित मिति: Jan 1, 2019

प्रतिक्रिया दिनुहोस्