Logo
७ पुस २०८१, आईतबार
(January 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारी ट्रेड युनियनसँग आज निर्णायक वार्ता : आन्दोलनलाई बेवास्ता गर्दै १४ हजार ८ सयले भरे समायोजन फारम

काठमाडौं : निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन र अन्य संगठनले आफ्ना सम्पूर्ण माग पूरा नभएको भन्दै कर्मचारी समायोजन अध्यादेशको विरोध गरिरहे पनि सोमबारसम्म देशभरबाट १४ हजार ८ सय ४० जनाले समायोजन फारम भरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले संघ, प्रदेश र स्थानीय तहका निजामती कर्मचारीले फारम भरिरहेकाले समायोजनको माहोल बन्दै गएको बताए ।

सरकारले गत बुधबार समायोजनमा जान २१ दिने सूचना जारी गरेको थियो । आइतबार सामान्य प्रशासन मन्त्रालयसहितको टोली र ट्रेड युनियनका पदाधिकारीबीच वार्ता भएको थियो । मंगलबार निर्णायक वार्ता गरी कर्मचारीले उठाएका माग सम्बोधन गरिने प्रवक्ता अधिकारीले बताए ।

प्रकाशित मिति: Jan 1, 2019

प्रतिक्रिया दिनुहोस्