Logo
१२ मंसिर २०८१, बुधबार
(January 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको कुल वैदेशिक व्यापार ६ खर्ब ४४ अर्ब ५० करोड पुग्यो

काठमाडौं : पाँच महिनामा नेपालको कुल वैदेशिक व्यापार ६ खर्ब ४४ अर्ब ५० करोड पुगेको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टिइपिसी)का अनुसार यो व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.३ प्रतिशतले बढी हो । कुल व्यापारमा निर्यातको योगदान ५.८ प्रतिशत र आयातको योगदान ९४.२ प्रतिशत छ ।

समीक्षा अवधिमा नेपालको कुल निर्यात १२.३ प्रतिशतले बढेर ३७ अर्ब ५० करोड पुगेको छ । त्यस्तै, कुल आयात ३३.८ प्रतिशतले बढेर ६ खर्ब ७ अर्ब पुगेको छ ।

निर्यातको तुलनामा आयात वृद्धि उच्च भएका कारण व्यापार घाटा बढ्ने क्रम जारी रहेको केन्द्रले जनाएको छ । यस अवधिमा नेपालले कुल ५ खर्ब ६९ अर्ब ५० करोड रुपैयाँको व्यापार घाटा व्यहोरेको छ ।

नेपाल कृषि प्रधान मुलुक भए पनि कृषि वस्तुकै आयात बढ्दै गएको छ । रेमिट्यान्समा आधारित उपभोग प्रवृत्तिले कृषि वस्तुको आयात बढाएको केन्द्रको विश्लेषण छ ।

प्रकाशित मिति: Jan 1, 2019

प्रतिक्रिया दिनुहोस्