Logo
७ माघ २०८१, सोमबार
(December 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाकै कारण पार्टी एकता हुनसकेन, हामि त तयार नै छौं : उपेन्द्र यादव

वीरगञ्ज : संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राजपाकै कारण २ पार्टीमा एकता हुन नसकेको बताएका छन् । संचारकर्मीहरुसंगको कुरकानीमा यादवले ६ जना अध्यक्ष भएकाले राजपाले एकरुपताको निर्णय गर्न नसकेको बताए । ‘त्यो पार्टीमा खुट्टा तानातानको अवस्था रहेको छ उनले भने एकताबारे कसैलाई कराकानी गर्न फुर्सद नै छैन ।’ उनले भने ‘राजपाकै कारण हो एकताको कुरा अगाडि बढ्न नसकेको हामि त तयार नै छौं ।’

फरक प्रसङ्गमा उनले जनकपुरप्रति विभेद् नगरी वीरगञ्जलाई विकसित शहरको रुपमा विकास गर्नुपर्ने बताए । यसैबीच उपप्रधान एंव स्वास्थ्य मन्त्री समेत रहेका यादवले अहिले कायम रहेको स्वास्थ्य नीति त्रृटिपूर्ण भएकाले सरकारले नयाँ स्वास्थ्यनीति ल्याउन लागेको उपप्रधानमन्त्री र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले बताएका छन् ।

सङ्घीय प्रेस फोरम पर्साद्वारा आइतबार यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उपप्रधानमन्त्री यादवले भने, ‘उक्त नीति आएपछि प्रत्येक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्यसेवा उपलब्ध हुनेछन् ।’ उनले सरकारले प्रत्येक प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने, जनकपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने, प्रादेशिक तालीम केन्द्र स्थापना गर्ने नीति लिएको बताए ।

उपप्रधानमन्त्री यादवले प्रदेश सरकारमार्फत स्थानीय तहलाई प्रादेशिक क्षेत्रको आधारमा विकास गरी अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै प्रदेश सरकार केन्द्रीय सरकारमाथि परनिर्भरता नभएर प्रदेशलाई आफैँ आत्मनिर्भर बनाउनु आवश्यक रहेको बताए ।

 

प्रकाशित मिति: Dec 31, 2018

प्रतिक्रिया दिनुहोस्