Logo
१० मंसिर २०८१, सोमबार
(December 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्द्रद्वारा एक साताभित्र वृद्धवृद्धा तथा बालबालिकाको उद्धार सम्पन्न

नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा रहेका असहाय वृद्धवृद्धा तथा बालबालिकाको उद्धार शुरु गरिएको छ । नेपालगञ्जस्थित नीलसागर वृद्ध तथा असहाय सेवा केन्द्रले कोहलपुर क्षेत्रको फुटपाथमा रहेका, माग्दै हिँड्ने वृद्धवृद्धा तथा बालबालिकाको हिजोबाट उद्धार शुरु गरेको हो ।

एक साताभित्र सबैको उद्धार गरी सक्ने केन्द्रका सचिव नारायण सुवेदीले बताए । नगरपालिकाको सम्झनाचोक, मदनचोक र हवलदारपुरबाट उद्धारको काम शुरु गरिएको छ । यसअघि पनि नीलसागरले कोहलपुर क्षेत्रबाट १२ जना असहायको उद्धार गरी आश्रममा राखेको केन्द्रका अध्यक्ष सरिता खनालले बताए ।

सो केन्द्रमा अहिले ४० भन्दा बढी असहाय वृद्धवृद्धा तथा बालबालिकाले आश्रय लिइरहेका छन् । यसैबीच प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नीलसागर केन्द्रको निरीक्षण गरी प्रदेश सरकारबाट हुने सबैखाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले केन्द्रको नेपालगञ्ज फुलटेक्रामा निर्माण हुने योजनाको ३० कोठे पक्की भवनका लागि प्रदेश सरकारका तर्पmबाट सहयोग गरिने आश्वासन दिए । त्यस अवसरमा केन्द्रका अध्यक्ष खनालले आश्रमबाट सञ्चालित गतिविधिका बारेमा मुख्यमन्त्री पोखरेललाई जानकारी गराएका थिए ।

प्रकाशित मिति: Dec 30, 2018

प्रतिक्रिया दिनुहोस्