Logo
७ पुस २०८१, आईतबार
(December 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रस्तावित प्रधानन्यायाधीश राणाको सुनुवाई आज, चित्त बुझ्दो जावफ दिए आजै नाम अनुमोदन गरिने

काठमाडौं : केही साता अघि प्रधानन्यायाधीशका लागि सिफारिस गरेको चोलेन्द्र शमशेर राणाको आज संसदीय सुनुवाई हुँदैछ । सुनुवाईमा राणाले आफूमाथि परेका उजुरीको चित्त बुझ्दो जावफ दिए आजै राणाको नाम अनुमोदन गर्ने समितिको तयारी छ ।

राणामाथि नौ वटा उजुरी परेका छन् । उजुरीकर्ताहरुसँग समितिले शुक्रबार छलफल गरिसकेको छ । दिउँसो २ बजे बस्ने संसदीय सुनुवाई समितिको बैठकमा सुनुवाईका लागि राणालाई समितिले बोलाइएको हो ।

सुनुवाईका क्रममा राणाविरुद्ध परेका उजुरी र उनका भावी कार्ययोजनाका विषयमा छलफल हुने संसदीय सुननुवाई समितिका सभापति लक्ष्मण लाल कर्णले जानकारी दिए ।

प्रकाशित मिति: Dec 30, 2018

प्रतिक्रिया दिनुहोस्