अस्ट्रेलियाविरुद्धको टेस्ट क्रिकेट शृंखलाअन्तर्गत तेस्रो टेस्टमा भारतकाे शानदार जित
मेलबर्न : अस्ट्रेलियाविरुद्धको टेस्ट क्रिकेट शृंखलाअन्तर्गत तेस्रो टेस्टमा भारतले १३७ रनकाे शानदार जित हासिल गरेकाे छ । आइतबार पाँचौ दिनको खेलमा अष्ट्रेलियाका बाँकी २ विकेट लिएपछि भारत विजयी भएको हो । खेलकाे म्यान अफ दि म्याच भारतिय बलर जसप्रित बुम्रराह घाेषित भए ।
टस जितेर पहिले ब्याटिङ्ग गरेकाे भारतले पहिलो इनिङमा ४४३ रन बनाएर इनिङ्ग समाप्तीको घोषण गरेको थियाे । मेलबर्न क्रिकेट ग्राउण्डमा डेब्यु गरेका मायांक अग्रवालले शानदार अर्धशतक सहित ७६ रन बनाएका थिए । डेब्यु टेस्टमा अर्धसतक बनाउने उनी सातौ भारतीय ब्याट्सम्यान पनि बनेका छन् ।
त्यसपछि भारतका लागि चेतेश्वर पुजारा र भारतिय कप्तान विराट कोहलीले १७० रनको सझेदारी गरे । चेतेश्वर पुजाराले शतकिय पारी खेले । उनले ३१९ बलमा १०६ रनको पारी खेलेका थिए भने भारतिय कप्तान विराट कोहलीले ८२ रन बनाए ।
पहिलो इनिङमा घरेलु टोली अस्ट्रेलिया एक सय ५१ रनमा अलआउट भएकाे थियाे । जसमा भारतका बलर जसप्रित बुमराहले ६ विकेट लिए । पहिलो पालीमा भारत दुई सय ९२ रनले अगाडि भए पनि उसले फलो अन नदिएर आफै ब्याटिङ्ग गरेकाे थियाे। दाेस्राे इनिङमा खराब प्रदर्शन गरेकाे भारतले १०६ रन बनाउँदै अष्ट्रेलियालाई ३९९ रनको चुनौती दिएको थियो ।
३९९ रनकाे विशाल लक्ष्य लिएर मैदान उत्रेकाे अष्ट्रेलियाले दोस्रो इनिङमा २६१ रनमा समेटियाे । टप अडरका ब्याटम्यानले लगातार खराब प्रदर्शन गरेपछि चाैथाे दिनमा नै खेल सकिने अवस्थालाई अष्ट्रेलियाका बलर पेट कमिन्सले राम्राे ब्याटिङ्ग गर्दै खेललाई पाँचाै दिनसम्म पुर्याएका थिए ।
पाँचाै दिन उनी ६३ रनमा आउट भएपछि अर्काे ओभरमा लायन आउट भएपछि खेल सकिएकाे थियाे । अष्ट्रेलियाविरुद्ध भारतका रविन्द्र जेडेजा र जसप्रित बुम्रराहले तीन–तीन विकेट लिँदा इशान्त शर्मा र मोहम्मद सामीले दुई दुई विकेट लिए ।
तेस्रो टेस्ट जितेसँगै भारतले सिरिजमा २–१ को अग्रता लिएको छ । अब चौथो टेस्ट जनवरी ३ तारिखदेखि सिड्नीमा सुरु हुने छ ।