Logo
७ माघ २०८१, सोमबार
(December 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हातमा कुचो लिएर बाबुराम भट्टराई भन्छन् ‘जस्तो जनता उस्तै सरकार’

काठमाडौं : शनिबार चक्रपथ सरसफाइमा नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई सहभागी भएका छन् । हातमा कुचो लिएर भट्टराई सडकका फोहोर सफा गर्दै हिडेका हुन् । चक्रपथ सरसफाइको ९० औं साता पुगेको अवसरमा गोंगबु क्षेत्रको सडकमा रहेका प्लास्टिकलगायत फोहोर उनले संकलन गरेका हुन् ।

भट्टराईले भने ‘चुरोट, खैनी र पेय पदार्थ खाएर त्यसका बट्टा बाटोमा फालेको पाइयो,’ ‘जताभावी थुकेको छ ,खकार छ, सभ्य समाज दुनियामा कहीँ यस्तो गरिँदैन । नागरिक जागरुक हुनुपर्छ ।’

काठमाडौंलगायत सहरमा फोहोर बढ्नुमा सरकार मात्र नभएर नागरिक पनि उत्तिकै दोषी रहेको भट्टराईले बताए । ‘घररटोलको फोहोर नागरिक वा त्यहाँका व्यवसायीले सफा गर्नुपर्छ,’ उनले भने, ‘जताभावी फोहोर फाल्नुमा सरकार र जनता दुवै दोषी छन् । जस्तो जनता उस्तै सरकार ।’

कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्नुपर्ने उनले बताए। ‘हामी फोहोरी हुने भनेको असभ्य हुनु हो,’ उनले भने ।

 

प्रकाशित मिति: Dec 29, 2018

प्रतिक्रिया दिनुहोस्